नेभिगेशन
मुख्य समाचार

‘गुडबाइ नोट’ लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा सकुशल फेला, प्रहरी परिसर ल्याइयो

काठमाडौँ । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘अलविदा’ लेख्दै बेपत्ता भएका चिकित्सक डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौंको बालाजुमा सकुशल फेला पारेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई बालाजुस्थित एक होटलमा फेला पारेको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता विनोद घिमिरेले जानकारी दिए । ‘उहाँ सकुशल फेला पर्नुभएको छ । उहाँलाई उद्दार गरेर काठमाडौँ प्रहरी परिसर ल्याएका छौँ ।’, घिमिरेले सिधाकुरासँग भने । 
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेर सम्पर्कविहिन भएपछि प्रहरीको टोलीले खोजी तीव्र पारेको थियो।

Dish Home
Global Ime Bank

रामेछाप जिल्ला अस्पतालका पूर्व निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट समेत रहेका डा. श्रेष्ठले आफू अन्यायको सिकार बनेका कारण आत्महत्याको प्रयास गर्नुपरेको भन्दै  ‘गुडबाइ नोट’ लेखेका थिए।उनले आफूले अस्पतालमा निमित्त प्रमुखको रूपमा काम गर्दा भोगेको राजनीतिक हस्तक्षेप, गुटबन्दी, भ्रष्टाचारको विरोध गर्दा भोगेको दबाब, सरुवा प्रक्रिया र अमानवीय व्यवहारको विस्तृत वर्णन गरेका थिए । उनले लेखेका थिए, “शरीरमा १६ टाँका, श्रीमती र दुई वर्षकी छोरीसहित रातको ९ बजे रामेछाप छोडेर काठमाडौंबाट बिहान हेटौंडा जानुपर्‍यो। तर हेटौंडामा पनि अमानवीय व्यवहार सहनुपर्‍यो।”

डा. श्रेष्ठले अस्पताल व्यवस्थापनमा सुधार ल्याउने क्रममा केही चिकित्सक र कर्मचारीहरूलाई स्पष्टीकरण सोधेका कारण आफूविरुद्ध झूटा आरोप लगाएर योजनाबद्ध रूपमा हटाइएको आरोप लगाएका छन्।

उनले लेखेका थिए, “जिन्दगीबाट हार खाएँ। मलाई आत्महत्या गर्न बाध्य पार्नेहरू कानूनी कठघरामा आउन्, मेरो आत्माले शान्ति पाउनेछ।”

हाल उनी प्रहरीको सम्पर्कमा छन् र प्रारम्भिक जानकारी अनुसार उनी सकुशल अवस्थामा छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वीरगंजका मेयर राजेशमान सिंहको नागरिकता किर्ते प्रकरणः अनुसन्धानको प्रगति विवरण पेश गर्न उच्चको आदेश

वीरगंजका मेयर राजेशमान सिंहको नागरिकता किर्ते प्रकरणः अनुसन्धानको प्रगति विवरण पेश गर्न उच्चको आदेश

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले वीरगंजका मेयर राजेशमान सिंहमाथिको अनुसन्धानको प्रगति विवरण पेश गर्न प्रहरीलाई आदेश दिएको छ । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजको इजलास नम्बर...
धवलशम्शेरलाई तीन लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

धवलशम्शेरलाई तीन लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसा खनालको इजलासले राणासँग तीन लाग धरौटी लिएर पूर्वक्ष गराउन आदेश दिएको हो ।
विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

विश्वविद्यालयका पदाधिकारीसँग आज सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिएका हुन् ।
पत्रकार दिलभूषण पाठकलाई कानून बमोजिमबाहेक पक्राउ नगर्न उच्च अदालतको आदेश*

पत्रकार दिलभूषण पाठकलाई कानून बमोजिमबाहेक पक्राउ नगर्न उच्च अदालतको आदेश*

पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ। विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धी उजुरीमा प्रहरीले पक्राउ अनुमति लिएपछि पाठकका पक्षबाट अदालतमा निषेधाज्ञा माग गरिएको...

भर्खरै