नेभिगेशन
समाज

‘गुडबाइ नोट’ लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा सकुशल फेला, प्रहरी परिसर ल्याइयो

काठमाडौँ । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘अलविदा’ लेख्दै बेपत्ता भएका चिकित्सक डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौंको बालाजुमा सकुशल फेला पारेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई बालाजुस्थित एक होटलमा फेला पारेको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता विनोद घिमिरेले जानकारी दिए । ‘उहाँ सकुशल फेला पर्नुभएको छ । उहाँलाई उद्दार गरेर काठमाडौँ प्रहरी परिसर ल्याएका छौँ ।’, घिमिरेले सिधाकुरासँग भने । 
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेर सम्पर्कविहिन भएपछि प्रहरीको टोलीले खोजी तीव्र पारेको थियो।

Ncell
Extreme Energy

रामेछाप जिल्ला अस्पतालका पूर्व निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट समेत रहेका डा. श्रेष्ठले आफू अन्यायको सिकार बनेका कारण आत्महत्याको प्रयास गर्नुपरेको भन्दै  ‘गुडबाइ नोट’ लेखेका थिए।उनले आफूले अस्पतालमा निमित्त प्रमुखको रूपमा काम गर्दा भोगेको राजनीतिक हस्तक्षेप, गुटबन्दी, भ्रष्टाचारको विरोध गर्दा भोगेको दबाब, सरुवा प्रक्रिया र अमानवीय व्यवहारको विस्तृत वर्णन गरेका थिए । उनले लेखेका थिए, “शरीरमा १६ टाँका, श्रीमती र दुई वर्षकी छोरीसहित रातको ९ बजे रामेछाप छोडेर काठमाडौंबाट बिहान हेटौंडा जानुपर्‍यो। तर हेटौंडामा पनि अमानवीय व्यवहार सहनुपर्‍यो।”

डा. श्रेष्ठले अस्पताल व्यवस्थापनमा सुधार ल्याउने क्रममा केही चिकित्सक र कर्मचारीहरूलाई स्पष्टीकरण सोधेका कारण आफूविरुद्ध झूटा आरोप लगाएर योजनाबद्ध रूपमा हटाइएको आरोप लगाएका छन्।

उनले लेखेका थिए, “जिन्दगीबाट हार खाएँ। मलाई आत्महत्या गर्न बाध्य पार्नेहरू कानूनी कठघरामा आउन्, मेरो आत्माले शान्ति पाउनेछ।”

हाल उनी प्रहरीको सम्पर्कमा छन् र प्रारम्भिक जानकारी अनुसार उनी सकुशल अवस्थामा छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै