नेभिगेशन
मुख्य समाचार

कलंकीमा स्कुल कम्पाउन्डमै माइक्रो भ्यान दुर्घटना, एक जनाको मृत्यु, ७ जना घाइते

काठमाडौँ । काठमाडौंको कलंकीस्थित इडिफाई इन्टरनेसनल स्कुलको कम्पाउन्डमा इभी माइक्रो भ्यान दुर्घटना हुँदा एक जना विद्यार्थीको मृत्यु भएको छ । सोमबार दिउँसाे भएको उक्त दुर्घटनामा परि अन्य सात जना घाइते भएका छन् । 
४ दिनअघि मात्रै किनिएको सो ईभी भ्यान एक्कासी हुत्तिएर बसिरहेका विद्यार्थीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सर्लाहीकी ९ वर्षीया बालिका सोनाक्षी यादव रहेकी छिन् । घाइते हुनेहरूमा पाँच जना विद्यार्थी, विद्यालयका प्रध्यानाध्यापक र गाडी चालक रहेका छन्।

उक्त गाडीमा गाडी चालक मात्र रहेको र चालकले उक्त गाडी चलाउने क्रममा एक्कासी गाडी विद्यार्थीतर्फ अघि बढेको हो । 

Dish Home
Global Ime Bank

चार दिनअघि मात्र खरिद गरिएको गाडीको चालक इभीमा अभ्यस्त नहुँदा स्कुलको गेटछेउमै गाडी हुत्तिएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
३ दिनदेखि बेपत्ता पुरुषको शव फेला

३ दिनदेखि बेपत्ता पुरुषको शव फेला

नेपालीको शव खुदी खोलास्थित तानेको रहमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए । मृतकको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको छ ।
बोलेरो जिप दुर्घटनामा २ जनाको मृत्यु, १ जना घाइते

बोलेरो जिप दुर्घटनामा २ जनाको मृत्यु, १ जना घाइते

आज साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा बोकेको लु१च ६७५६ नम्बरको बोलेरो जिप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटना भएको हो ।
३ वटा पेस्तोल, अफिम, गाँजासहित १ जना पक्राऊ

३ वटा पेस्तोल, अफिम, गाँजासहित १ जना पक्राऊ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल, अफिम, गाँजासहित १ जनालाई पक्राऊ गरेको छ । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका–१ का राजु स्याङतानलाई पक्राऊ गरेको हो ।
वीरगंजका मेयर राजेशमान सिंहको नागरिकता किर्ते प्रकरणः अनुसन्धानको प्रगति विवरण पेश गर्न उच्चको आदेश

वीरगंजका मेयर राजेशमान सिंहको नागरिकता किर्ते प्रकरणः अनुसन्धानको प्रगति विवरण पेश गर्न उच्चको आदेश

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले वीरगंजका मेयर राजेशमान सिंहमाथिको अनुसन्धानको प्रगति विवरण पेश गर्न प्रहरीलाई आदेश दिएको छ । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजको इजलास नम्बर...