नेभिगेशन
समाज

बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री पौडेलले बजेटको घोषणामात्रैले नपुग्ने र त्यसको प्राण कार्यान्वयनमा रहने कुरामा सरकार स्पष्ट रहेको बताए । बजेटको कार्यान्वनमा सम्वद्ध मन्त्रालय र आयोजना प्रमुखहरुलाई जवाफदेही बनाइने उनले बताए । 

Ncell
Extreme Energy

पौडेलले बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न योजना तयार गरेर अघि बढ्ने जानकारी दिए । उनले बजेट निर्माणमा स्रोतको प्रस्ताव कार्यान्वयनयोग्य हुनुपर्नेमा आफु होसियार भएको धारणा राखे । त्यस्तै उनले आगामी आर्थिक वर्षको बजेटमा तीन करोड रुपैयाँभन्दा कम लागतका नयाँ आयोजना नराख्ने सरकारको नीति रहेको उल्लेख गरे । यद्दपी सम्पन्न हुने अवस्थामा पुगेका आयोजनाहरूमा भने तीन करोडभन्दा कम रकम विनियोजन गर्नु परेको उनको भनाइ छ ।

मन्त्री पौडेलले निजी क्षेत्रलाई विद्युत् उत्पादन र व्यापार गर्न खुला गर्ने गरी विधुत विधेयक सदनमा विचाराधीन रहेको भन्दै उक्त विधेयक पारित भएपछि विधुत प्राधिकरणले मात्रै विद्युत् बिक्री गर्नुपर्ने अवस्थाको अन्त्य हुने उल्लेख गरे । अब निजी क्षेत्रले समेत विद्युत् व्यापार गर्न पाउने भएकाले टेक एन्ड पे को चिन्ता नगर्न उनले आग्रह गरे ।

अर्थमन्त्री पौडेलले ऋणको सन्दर्भमा बित्त आयोगले निर्धारण गरेको ५ दशमलव ५ प्रतिशतको सीमा भन्दा कम ५ प्रतिशत ३ प्रतिशतमात्रै आन्तरिक ऋण उठाउने प्रस्ताव गरिएको जानकारी दिए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै