नेभिगेशन
समाज

धवलशम्शेरलाई तीन लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

काठमाडौं । तीनकुने प्रकरणमा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणालाई ३ लाख धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणासँग तीन लाख धरौटी लिएर पूर्पक्ष गराउन आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राणा आजै काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए । यसअघिको बयान र थुनछेक बहसमा उपस्थित नभएका राणा सोमबार बयानका लागि अदालतमा उपस्थित भएका हुन् । 

Ncell
Extreme Energy

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्धको अनुसन्धान पूरा भएपछि प्रहरीले राणालाई उपचारका लागि हाजिरी जमानीमा रिहा गरेको थियो । त्यसयता पार्टीको विभिन्न सार्वजनिक कार्यक्रममा उपस्थित भएका उनी आफूअविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएपछि बयान र बहसमा भने उपस्थित भएका थिएनन् । 

प्रहरीले बोलाउँदा र पत्राचार गर्दा पनि उपस्थित हुने सर्तमा छुटेका उनी अदालतमा उपस्थित नभएपछि काठमाडौँ प्रहरी परिसरले जमानी बस्ने व्यक्तिहरूलाई जरिवाता तोकेको थियो । यद्यपी जिल्ला अदालतको उक्त जरिवाना नलिन प्रहरीलाई आदेश दिएको थियो । 

यसै क्रममा फरार रहेका राणा अदालतमा उपस्थित भएपनि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै फरार छन् । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै