नेभिगेशन
मुख्य समाचार

धवलशम्शेरलाई तीन लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

काठमाडौं । तीनकुने प्रकरणमा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणालाई ३ लाख धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणासँग तीन लाख धरौटी लिएर पूर्पक्ष गराउन आदेश दिएको हो । 

राणा आजै काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए । यसअघिको बयान र थुनछेक बहसमा उपस्थित नभएका राणा सोमबार बयानका लागि अदालतमा उपस्थित भएका हुन् । 

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्धको अनुसन्धान पूरा भएपछि प्रहरीले राणालाई उपचारका लागि हाजिरी जमानीमा रिहा गरेको थियो । त्यसयता पार्टीको विभिन्न सार्वजनिक कार्यक्रममा उपस्थित भएका उनी आफूअविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएपछि बयान र बहसमा भने उपस्थित भएका थिएनन् । 

प्रहरीले बोलाउँदा र पत्राचार गर्दा पनि उपस्थित हुने सर्तमा छुटेका उनी अदालतमा उपस्थित नभएपछि काठमाडौँ प्रहरी परिसरले जमानी बस्ने व्यक्तिहरूलाई जरिवाता तोकेको थियो । यद्यपी जिल्ला अदालतको उक्त जरिवाना नलिन प्रहरीलाई आदेश दिएको थियो । 

यसै क्रममा फरार रहेका राणा अदालतमा उपस्थित भएपनि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै फरार छन् । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र...
सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्री अर्यालको निर्देशन

सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्री अर्यालको निर्देशन

प्रहरी महानिरीक्षकको दज्यार्नी चिह्नबाट विभूषित भएपछि कार्कीलाई गृहमन्त्रीले प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी भूमिका खेल्न निर्देशन दिएका हुन ।
रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

उच्च अदालतका न्यायाधीशद्धय बाशुुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्च अदालतमा भएको मुुल मुद्दाको मिसिल प्रमाण झिकाउने आदेश भएको रविकातर्फबाट कानुनी पैरवी गरिरहेका अधिवत्ता डा. नारायणदत्त कंडेलले जानकारी...
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णद्वारा पदभार ग्रहण

मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णद्वारा पदभार ग्रहण

बिहीबार जनकपुरस्थीत प्रदेश प्रमुखको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन । त्यसअघि कार्यालयमा पुग्दा नेपाली सेनाले सलामी अर्पण गरेको थियो भने कार्यालयका कर्मचारीहरुले उनलाई स्वागत गरेका थिए...