नेभिगेशन
मुख्य समाचार

आज प्रतिनिधिसभाको बैठक बस्दै,रास्वपाले अवरोध कायम राख्ने

काठमाडौँ । आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो ।

CG

सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ । लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ । 

यता, भिजिट भिसा प्रकरणलाई लिएर संसदमा निरन्तर विरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि अवरोध कायम राख्ने जनाएको छ । 

गृहमन्त्रीको राजिनामा र उच्चस्तरीय छानबिन आयोगको माग राख्दै आएको रास्वपाले अडानबाट पछि नहट्ने र संसदमा विरोधका थप कार्याक्रम गर्ने जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५...
निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ ।