नेभिगेशन
मुख्य समाचार

‘मानव तस्करी विरुद्ध’ घाँटीमा निलो रिबन लगाएर संसद पस्यो रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु आज गलामा निलो खादा लगाएर संसद प्रवेश गरेका छन् । उनीहरुले मानव बेचबिखन मानव तस्करी विरुद्ध निलो रिबन बाँधेको रास्वपा सांसद तोसिमा कार्कीले जानकारी दिइन् । उनले मानव बेचबिखन मानव तस्करी विरुद्धको आवाज, पीडित प्रतिको एक्यबद्धता र सुरक्षित समाजको प्रतिबद्धताको लागि यस्तो गरिएको बताइन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणलाई मानव तस्करीको संज्ञा दिदै आएको छ । उनीहरुले राज्यले नै मानव तस्करी गरेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् । उच्च स्तरीय छानबिन समितिको माग गर्दै रास्वपा सांसदहरुले जेठ १३ देखि संसद अवरुद्ध गर्दै आएका छन् । 

माओवादीले एमालेसँग २ बुँदे सहमति गर्दै सदन चलाउन सहमत भएपनि रास्वपा र राप्रपाले अडान छोडेका छैनन् । राप्रपाले सदन बहिष्कार गर्दै आएको छ भने बहिष्कार अवधीको तलव भत्ता पनि नलिने घोषणा गरेको छ । रास्वपाले भने दिनहुँ वेल घेराउ गर्दै आएको छ । 

तर सभामुखले प्रतिपक्षको आवाजलाई अन्देखा गर्दै पेलेरै संसद सञ्चालन गर्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेशका मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

मधेशका मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

मुख्यमन्त्री यादवविरूद्ध कृष्णप्रसाद यादवसहित मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदनको आज प्रारम्भिक सुनुवाइ गरेको हो । अदालतले यही कात्तिक ३० गते दुवै पक्षलाई छलफलका लागि...
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

आयोगका अनुसार निरौलाले भारतको विहार संस्कृत शिक्षाबोर्ड, पटनाबाट जारी भएको माध्यमिक तहको परीक्षा उत्तीर्ण प्रमाणपत्र पेस गरी सो विद्यालयमा प्राथमिक तहको शिक्षिका पदका लागि नियुक्ति लिएका थिए ।...
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उनले भने, “जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो । जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य...
प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

तीस वर्षे सेवा पूरा गरी आजदेखि अनिवार्य अवकाशमा जान लागेका खापुङलाई गृह मन्त्रालयमा बिदाइ गर्दै गृहमन्त्रीले अवकाश जीवनपछि पनि उनको अनुभव राष्ट्रलाई खाँचो रहेको बताए ।  उनले भने,...