नेभिगेशन
समाज

भिजिट भिसा प्रकरणले देशको गरिमा अन्तराष्ट्रिय स्तरमै धुमिल भयोः रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणले अन्तर्राष्ट्रिय जगतमा समेत देशको शाख धमिलो भएको बताएको छ । मंगलबारको संसद बैठकमा बोल्दै रास्वपा डा. चन्दा कार्कीले एजेन्सीहरू, एयरलाइन्सहरू, अध्यागमन विभाग र गृह मन्त्रालय समेत संलग्न एक ठूलो र्याकेटमार्फत मानव तस्करी, भ्रष्टाचार र संगठित अपराधले देशको धुमिल भएको बताएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यसले हाम्रो इज्जत, हाम्रो इज्जत र गरिमा मात्र हैन, अन्तर्राष्ट्रिय जगतमा पनि देशको साख धमिल बनाएको छ। हामी यस्ता अपराधी क्रियाकलाप विरुद्ध निरन्तर सदनमा आवाज उठाइरहेका छौँ र हामी आन्दोलनमा छौँ। म सोध्न चाहन्छु कि यस्तो मुद्दामा सरकार किन मौन बसेको हो, सभामुख महोदय ?’ सांसद र्काीले भनिन् । 

Ncell
Extreme Energy


उनले उक्त प्रकरणमा गृहमन्त्री रमेश लेखकको गृहमन्त्रीसँग बिभिन्न विषयमा प्रश्न गरिन् । उनले भनिन्, ‘जहाँसम्म माननीय गृहमन्त्रीज्यूको राजीनामाको कुरा हो, हामीले उहाँलाई अपराधी भनेका छैनौँ, तर विभागको स्रोत, अध्यागमन प्रमुखको नियुक्ति, उहाँलाई अख्तियारको छानबिनबाट जोगाउन एकदिनमै सरुवा गर्नु, कारबाही प्रक्रिया अघि बढाएका व्यक्तिलाई मन्त्रालयमै फर्काउनु र अख्तियारका पत्रहरूको बेवास्ता गर्नु, यी सबैमा प्रश्न त उठेको हो नि, सभामुख महोदय।’ 

गृहमन्त्रीमाथि प्रत्यक्ष संरक्षण र परोक्ष संलग्नताको शंका उठिरहेको बेला नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताइन् । उनले भिजीट भिसाको नाममा भइरहेको मानव तस्करीको जालो च्यात्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग समेत गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै