नेभिगेशन
मुख्य समाचार

भिजिट भिसा प्रकरणले देशको गरिमा अन्तराष्ट्रिय स्तरमै धुमिल भयोः रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणले अन्तर्राष्ट्रिय जगतमा समेत देशको शाख धमिलो भएको बताएको छ । मंगलबारको संसद बैठकमा बोल्दै रास्वपा डा. चन्दा कार्कीले एजेन्सीहरू, एयरलाइन्सहरू, अध्यागमन विभाग र गृह मन्त्रालय समेत संलग्न एक ठूलो र्याकेटमार्फत मानव तस्करी, भ्रष्टाचार र संगठित अपराधले देशको धुमिल भएको बताएकी हुन् । 

‘यसले हाम्रो इज्जत, हाम्रो इज्जत र गरिमा मात्र हैन, अन्तर्राष्ट्रिय जगतमा पनि देशको साख धमिल बनाएको छ। हामी यस्ता अपराधी क्रियाकलाप विरुद्ध निरन्तर सदनमा आवाज उठाइरहेका छौँ र हामी आन्दोलनमा छौँ। म सोध्न चाहन्छु कि यस्तो मुद्दामा सरकार किन मौन बसेको हो, सभामुख महोदय ?’ सांसद र्काीले भनिन् । 


उनले उक्त प्रकरणमा गृहमन्त्री रमेश लेखकको गृहमन्त्रीसँग बिभिन्न विषयमा प्रश्न गरिन् । उनले भनिन्, ‘जहाँसम्म माननीय गृहमन्त्रीज्यूको राजीनामाको कुरा हो, हामीले उहाँलाई अपराधी भनेका छैनौँ, तर विभागको स्रोत, अध्यागमन प्रमुखको नियुक्ति, उहाँलाई अख्तियारको छानबिनबाट जोगाउन एकदिनमै सरुवा गर्नु, कारबाही प्रक्रिया अघि बढाएका व्यक्तिलाई मन्त्रालयमै फर्काउनु र अख्तियारका पत्रहरूको बेवास्ता गर्नु, यी सबैमा प्रश्न त उठेको हो नि, सभामुख महोदय।’ 

गृहमन्त्रीमाथि प्रत्यक्ष संरक्षण र परोक्ष संलग्नताको शंका उठिरहेको बेला नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताइन् । उनले भिजीट भिसाको नाममा भइरहेको मानव तस्करीको जालो च्यात्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग समेत गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।