नेभिगेशन
समाज

रास्वपाको वेल घेराउपछि संसद् बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोधपछि आधा घण्टाका लागि स्थगन भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको बैठक प्रारम्भ भएलगत्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उभिएर विरोध गरेका थिए । ‘भिजिट भिसा’का नाममा मानव तस्करी भइरहेको भन्दै ती दलले निष्पक्ष अनुसन्धान नभएसम्म सदनको अवरोध जारी रहने बताउँदै आएका छन् । 
 
प्रतिपक्षी सांसदले विरोध गरेपछि सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद चन्दा भण्डारी कार्कीलाई आफ्ना विषय राख्न समय दिए । उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी रोक्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन होस् भन्ने माग राखिन् । त्यस्तै यो प्रकरणले देशको अनतराष्ट्रिय स्तरमा गरिमा धुमिल भएको बताइन् । 
 
त्यसलगत्तै सभामुख घिमिरेले कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिए तर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ‘वेल’ घेराउ गर्न पुगे । सदनमा मर्यादित पोशाकमा सांसद आउनुपर्ने नियमावलीमा लेखिएको भए पनि केही सांसदले लगाएको ‘स्काफ’प्रति आपत्ति जनाए । “सदनमा अमान्य हुने पोशाक लगाएर पनि आउन थालियो भने त्यसले संसद्को मर्यादा र गरिमा जोगाउँदैन, यस्तो व्यवहार गर्ने सांसदलाई सभामुखले चेतावनी दिने र संसद्बाट निष्कासन गर्नेसम्मको कारबाही गर्न आवश्यक छ”, उनले भने । 
 
रास्वपाको विरोधपछि सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक ३० मिनेटपछि बस्ने गरी स्थगन भएको घोषणा गरे । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेन शाहले लेखेको एक्लोबारेको प्रश्नमा रविको जवाफ– उहाँ कवि पनि हो

बालेन शाहले लेखेको एक्लोबारेको प्रश्नमा रविको जवाफ– उहाँ कवि पनि हो

‘कहिलेकाहीँ तपाईंहरूलाई रमाइलोका लागि लेखिदिनुहुन्छ । दुई जनाबीचको धारै अलग छ कि, झगडै परेछ कि क्या हो भन्नुहुन्छ । तपाईंहरूको समाचारले हामीलाई अझ बढी नजिक ल्याउँछ । यस्ता...
सुनवलमा वन क्षेत्र अतिक्रमण गरी संरचना निर्माण, डिभिजन वन र नगरपालिका अनभिज्ञ

सुनवलमा वन क्षेत्र अतिक्रमण गरी संरचना निर्माण, डिभिजन वन र नगरपालिका अनभिज्ञ

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१, सोमनाथमा वन क्षेत्रको जग्गा अतिक्रमण गरी संरचना निर्माण भइरहेको पाइएको छ।
बालेन सरकार अधिनायकवादतर्फ उन्मुख भयो : एमाले नेता थापा

बालेन सरकार अधिनायकवादतर्फ उन्मुख भयो : एमाले नेता थापा

नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्।

भर्खरै