नेभिगेशन
मुख्य समाचार

रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सुचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए । 

तीनकुने प्रकरणमा धरौटीमा रिहा भएका मिश्रले यसअघिको थुनछेक बहसमा उपस्थित भएका थिएनन् । उनी उपस्थित नभएपछि प्रहरीले उनका कानुन व्यवसायीलाई जरिवाना तिराउने निर्णय गरेको थियो । यद्यपी काठमाडौँ जिल्ला अदालतले जरिवाना नतिराउन आदेश दिएको थियो । 

CG

त्यसपछि आज काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका उनको बयानपछि थुनछेक बहस भएको थियो । थुनछेक बहसपश्चात उनलाई धरौटीमा रिहा गर्न आदेश भएको हो । 

यस अघि ५० दिन हिरासत बसेका मिश्र, सर्वोच्च अदालतको बन्दीप्रत्यक्षकरणको आदेश पछि हाजिरी जमानीमा छुटेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५...
निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ ।