नेभिगेशन
समाज

रास्वपाका कारण सांसदको लोगो लगाउँदा पनि अपमानित भएको महसुस गर्नुपर्ने अवस्था बन्योः महेश बर्तौला

काठमाठौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरुले अभद्र शैलीका साथ संसद अवरोध गरेको आरोप लगाएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दैै बर्तौलाले निलो स्काफ लगाएर रास्वपाका सांसदहरुले अभद्र शैलीका साथ संसद अवरोध गरेको आरोप लगाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भए पुन निलो स्काफ लगाएर विरोध गर्ने रास्वपाका सांसदहरुले अडान राखेपछि सहमति खोज्नका लागि बिहीबारसम्मका लागि स्थगित गरिएको उनले बताए । बर्तौलाले रास्वपाका सांसदहरुको विरोधको शैलीका कारण सांसदको लोगो लगाएर हिड्दा अपमानीत महशुस गर्नुपर्ने अवस्था सिर्जना भएको धारणा राखे । 

Ncell
Extreme Energy

उनले भने, उहाँहरु जे शैली अवलम्बन गरिरहनुभएको छ, उहाँहरुले विरोध राखेको मुद्दाका बारेमा हामीलाई आपत्ति छैन । तर शैली गर्दा यो लोगो (संसदको लोगो) लगाएर हिड्न पनि आफैँलाई अपमानित गर्नुपर्ने परिस्थिति उहाँहरुले सिर्जना गरिराख्नुभएको छ ।’

त्यस्तै बर्तौलाले संघीय निजामति सेवा विधेयकलाई सरकारले रोक्न खोजेको आरोपको खण्डन समेत गरे । उनले विधेयकमाथि छलफल गर्ने, संशोधन वा परिमार्जन गर्ने बिषय संसदको अधिकारको विषय भएको उल्लेख गरे । 

संघीय निजामति सेवा विधेयकलाई छिटो पारित गर्नुपर्नेमा सरकार स्पष्ट रहेको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै