नेभिगेशन
मुख्य समाचार

साइबर ब्युरोद्वारा पत्रकार दिलभूषण पाठकलाई यथाशीघ्र उपस्थित हुन सार्वजनिक सूचना

काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरिएका पत्रकार दिलभूषण पाठकलाई प्रहरीको साइबर ब्युरोले यथाशीघ्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।

पाठकमाथि युट्युब च्यानल मार्फत समाचार प्रसारण गरेकै आधारमा साइबर अपराधको आरोप लगाउँदै पक्राउ प्रक्रिया अघि बढाइएको थियो। यद्यपि, उच्च अदालत पाटनले सोमबार (असार २ गते) उनलाई कानुनी बमोजिम बाहेक तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

तर मंगलबार साइबर ब्युरोले सार्वजनिक सूचना जारी गर्दै पाठकलाई स्वयं उपस्थित भई अनुसन्धानमा सघाउन आग्रह गरेको छ। सूचनामा ब्युरो वा नजिकको कुनै पनि प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ।

पत्रकार पाठकले कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयविर देउवाको एक होटलमा लगानी रहेको भन्ने विषयमा प्रसारण भिडियो प्रसारण गरेपछि उनीविरुद्ध उजुरी परेको थियो। 

उक्त भिडियो प्रसारण गरेकै आधारमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि सञ्चार क्षेत्रका निकाय र पत्रकारहरुले यसप्रकारको कदमलाई प्रेस स्वतन्त्रतामाथिको अतिक्रमण भन्दै विरोध जनाएका छन्।

यसैबीच, पाठकले पक्राउ पुर्जीविरुद्ध अदालतमा दिएको निवेदनमा असार ५ गते छलफलका लागि बोलाइएको छ । तर त्यस अघिनै उनलाई पक्राउ गर्ने तयारी स्वरुप साइबर ब्युरोले सार्वजनिक सूचना जारी गरेको छ ।

cyberbeuro-1750170688.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र...
सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्री अर्यालको निर्देशन

सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्री अर्यालको निर्देशन

प्रहरी महानिरीक्षकको दज्यार्नी चिह्नबाट विभूषित भएपछि कार्कीलाई गृहमन्त्रीले प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी भूमिका खेल्न निर्देशन दिएका हुन ।
रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

उच्च अदालतका न्यायाधीशद्धय बाशुुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्च अदालतमा भएको मुुल मुद्दाको मिसिल प्रमाण झिकाउने आदेश भएको रविकातर्फबाट कानुनी पैरवी गरिरहेका अधिवत्ता डा. नारायणदत्त कंडेलले जानकारी...