नेभिगेशन
मुख्य समाचार

त्रिभुवन विमानस्थलबाट १ किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं  – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार राति एक भारतीय नागरिक १ किलोभन्दा बढी अवैध सुनसहित पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छन्, जो एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आइपुगेकी थिइन्।

प्रहरीका अनुसार खेमानीलाई विमानस्थलको आगमन भन्सार एरियामा शंका लागेपछि जाँच गर्दा अर्धठोस अवस्थामा रहेको सुन बरामद गरिएको हो। उनले प्लास्टिकले र्‍याप गरिएको तीन वटा डल्ला बनाई लुकाएको सुनको तौल १ किलो १५९ ग्राम रहेको प्रहरीले जनाएको छ।

Dish home
City Express

प्रारम्भिक अनुसन्धान अनुसार उक्त सुन अवैध रुपमा नेपाल भित्र्याउने उद्देश्यले ल्याइएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। खेमानीमाथि थप अनुसन्धान भइरहेको छ र बरामद सुन आवश्यक प्रक्रिया पूरा गरी राजस्व अनुसन्धान विभागमा पठाइने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपाल प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा, ‘टाइगर’ कुकुर पुरस्कृत

नेपाल प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा, ‘टाइगर’ कुकुर पुरस्कृत

त्यसक्रममा केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा रामचन्द्र सत्यालले कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरको पूजा गरेका थिए ।
कञ्चनपुरमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

कञ्चनपुरमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार मृत्यु हुनेमा बेलौरी नगरपालिका–३ बुटावारीका ७० वर्षीय श्रीप्रसाद आचार्य रहेका छन् ।
स्नेहा केयरमा कुकुर तिहारको दिन(तस्बिरहरु)

स्नेहा केयरमा कुकुर तिहारको दिन(तस्बिरहरु)

सोमबार बिहानैदेखि देशभरका घर–आँगनमा कुकुरहरूलाई फूलको माला लगाइँदैछ, मिष्ठान्न खुवाइँदैछ र टीका लगाइँदैछ। सोमबारको दिन सबैजना कुकुरलाई सम्मान र प्रेमका साथ मनाउँदैछन् — सडकदेखि समाजिक सञ्जालसम्म “ह्याप्पी कुकर...
गाजामा इजरायली हवाई आक्रमणपछि पनि युद्धविराम यथावत्ः ट्रम्प

गाजामा इजरायली हवाई आक्रमणपछि पनि युद्धविराम यथावत्ः ट्रम्प

इजरायली सेनाले हमासमाथि युद्धविरामको उल्लङ्घन गर्दै आफ्ना सैनिकमाथि हमला गरेको आरोप लगाउँदै गाजाको दक्षिणी क्षेत्रमा दर्जनौं हवाई आक्रमण गरेको थियो ।