नेभिगेशन
समाज

त्रिभुवन विमानस्थलबाट १ किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं  – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार राति एक भारतीय नागरिक १ किलोभन्दा बढी अवैध सुनसहित पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छन्, जो एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आइपुगेकी थिइन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीका अनुसार खेमानीलाई विमानस्थलको आगमन भन्सार एरियामा शंका लागेपछि जाँच गर्दा अर्धठोस अवस्थामा रहेको सुन बरामद गरिएको हो। उनले प्लास्टिकले र्‍याप गरिएको तीन वटा डल्ला बनाई लुकाएको सुनको तौल १ किलो १५९ ग्राम रहेको प्रहरीले जनाएको छ।

Ncell
Extreme Energy

प्रारम्भिक अनुसन्धान अनुसार उक्त सुन अवैध रुपमा नेपाल भित्र्याउने उद्देश्यले ल्याइएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। खेमानीमाथि थप अनुसन्धान भइरहेको छ र बरामद सुन आवश्यक प्रक्रिया पूरा गरी राजस्व अनुसन्धान विभागमा पठाइने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै