नेभिगेशन
मुख्य समाचार

सरकारद्वारा इजरायलबाट फर्किन चाहने नेपालीको नामावली संकलन सुरु

काठमाडौं– इरान र इजरायलबीचको चर्किँदो संघर्षका कारण त्यहाँ बसोबास गरिरहेका नेपालीहरुलाई उद्धार गर्ने तयारीस्वरूप सरकारले स्वदेश फर्किन चाहने नेपालीहरुको नामावली संकलन थालेको छ।

इजरायलको राजधानी तेल अवीवस्थित नेपाली दूतावासले एक अनलाइन फारम सार्वजनिक गर्दै स्वदेश फर्किन इच्छुक नेपालीहरुले आफ्नो विवरण भर्न अनुरोध गरेको छ। दूतावासद्वारा जारी सूचनामा उद्धार प्रक्रिया सहज बनाउन नाम दर्ता अत्यावश्यक रहेको उल्लेख गरिएको छ। यहाँ क्लिक गरेर फारम भर्न सकिन्छ ।

हाल इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली रहेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म उनीहरुबारे कुनै अप्रिय समाचार प्राप्त नभएको जनाइएको छ। तर, क्षेत्रीय अस्थिरता र युद्धको जोखिम बढ्दै गएकाले सतर्कताका लागि उद्धारको सम्भावित तयारी गरिन थालेको हो।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले युद्धका कारण मानसिक तनाव र अन्य समस्यामा परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा उद्धार गरिने बताएका छन्। उनले अवस्था गम्भीर भएमा तत्काल उद्धारका लागि सरकार तयार रहेको स्पष्ट पारे।

सरकारले इजरायल तथा इरानमा रहेका सम्पूर्ण नेपालीहरुलाई सुरक्षित स्थानमा रहन, स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न र आवश्यक परेको अवस्थामा दूतावाससँग सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तनावग्रस्त बाराको ताजा अवस्था(तस्बिरहरु)

तनावग्रस्त बाराको ताजा अवस्था(तस्बिरहरु)

काठमाडौंबाट नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायत नेता बुधबार सिमरा जान लागेका थिए । बुधबार बिहान ११ बजे एमाले नेता पोखरेल र बस्नेत सिमरा उत्रिने...
विपद् सम्बन्धी राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

विपद् सम्बन्धी राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सिंहदरबारमा आयोजना गरेको कार्ययोजना सम्बन्धी छलफल कार्यक्रममा गृहमन्त्री अर्यालले शीतलहर र हिमपातबाट नागरिकहरुलाई जोगाउनका लागि राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन...
डब्लूएचओले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको नबनिर्मित प्री फ्याब कार्यालय(तस्बिरहरु)

डब्लूएचओले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको नबनिर्मित प्री फ्याब कार्यालय(तस्बिरहरु)

जेन जी आन्दोलनका क्रममा आगजनी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा निर्माण गरिएको ६ वटा प्रि फ्याब भवन बुधबार एक विशेष कार्यक्रम आयोजना...
सिमरा विमानस्थलमै शंकर पोखरेल र महेश बस्नेतलाई कालोमासो दल्ने योजनामा थिए जेनजी युवा, अनि रोकियो बुद्ध एयरको उडान

सिमरा विमानस्थलमै शंकर पोखरेल र महेश बस्नेतलाई कालोमासो दल्ने योजनामा थिए जेनजी युवा, अनि रोकियो बुद्ध एयरको उडान

एमाले महासचिव पोखरेल र महेश बस्नेत लगायतका अन्य नेता विमानबाट ओर्लिने बित्तिकै कालोमोसो दलेर बजार घुमाउने तयारी गरिएको जेनजी युवाहरुले बताएका थिए । बस्नेत बारा आउने सूचना सार्वजनिक...

भर्खरै