नेभिगेशन
समाज

सरकारद्वारा इजरायलबाट फर्किन चाहने नेपालीको नामावली संकलन सुरु

काठमाडौं– इरान र इजरायलबीचको चर्किँदो संघर्षका कारण त्यहाँ बसोबास गरिरहेका नेपालीहरुलाई उद्धार गर्ने तयारीस्वरूप सरकारले स्वदेश फर्किन चाहने नेपालीहरुको नामावली संकलन थालेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इजरायलको राजधानी तेल अवीवस्थित नेपाली दूतावासले एक अनलाइन फारम सार्वजनिक गर्दै स्वदेश फर्किन इच्छुक नेपालीहरुले आफ्नो विवरण भर्न अनुरोध गरेको छ। दूतावासद्वारा जारी सूचनामा उद्धार प्रक्रिया सहज बनाउन नाम दर्ता अत्यावश्यक रहेको उल्लेख गरिएको छ। यहाँ क्लिक गरेर फारम भर्न सकिन्छ ।

Ncell
Extreme Energy

हाल इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली रहेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म उनीहरुबारे कुनै अप्रिय समाचार प्राप्त नभएको जनाइएको छ। तर, क्षेत्रीय अस्थिरता र युद्धको जोखिम बढ्दै गएकाले सतर्कताका लागि उद्धारको सम्भावित तयारी गरिन थालेको हो।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले युद्धका कारण मानसिक तनाव र अन्य समस्यामा परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा उद्धार गरिने बताएका छन्। उनले अवस्था गम्भीर भएमा तत्काल उद्धारका लागि सरकार तयार रहेको स्पष्ट पारे।

सरकारले इजरायल तथा इरानमा रहेका सम्पूर्ण नेपालीहरुलाई सुरक्षित स्थानमा रहन, स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न र आवश्यक परेको अवस्थामा दूतावाससँग सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...