नेभिगेशन
समाज

सुनकोशी र भोटेकोशी नदी आसपासमा बाढीको जोखिम, बासिन्दालाई सतर्क रहन आग्रह

सिन्धुपाल्चोक । तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले भोटेकोशी र सुनकोशी नदीमा आकस्मिक बाढीको जोखिम बढेको भन्दै नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आग्रह गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले एक सूचना जारी गर्दै असार ३ गतेदेखि ७ गतेसम्मको अवधिमा भारी वर्षा र बाढीको सम्भावना रहेको जनाएका छन्।

Ncell
Extreme Energy

"चीनको प्रहरी कार्यालयबाट तिब्बत क्षेत्रमा भारी वर्षा हुने सूचना प्राप्त भएकाले भोटेकोशी र सुनकोशी नदीमा पानीको बहाव अत्यधिक बढ्न सक्ने सम्भावना छ," नेपालीले जनाएका छन्।

सूचनामा विशेषगरी भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको नदी किनार क्षेत्रका बासिन्दालाई सम्भावित जोखिमका लागि सचेत रहन भनिएको छ।

"नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरूमा सतर्कता अपनाउन अनुरोध छ," सूचनामा भनिएको छ।

प्रशासनले नागरिकहरुलाई आवश्यक सतर्कता अपनाउन, अनावश्यक रूपमा नदी किनारमा नजान, सूचना र मौसम अपडेटप्रति सधैं सजग रहन तथा आवश्यक परेमा नजिकको सुरक्षाकर्मी वा प्रशासनिक निकायसँग समन्वय गर्न आग्रह गरेको छ।

Sindhupalchowk-(1)-1750231525.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...