नेभिगेशन
मुख्य समाचार

सुनकोशी र भोटेकोशी नदी आसपासमा बाढीको जोखिम, बासिन्दालाई सतर्क रहन आग्रह

सिन्धुपाल्चोक । तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले भोटेकोशी र सुनकोशी नदीमा आकस्मिक बाढीको जोखिम बढेको भन्दै नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले एक सूचना जारी गर्दै असार ३ गतेदेखि ७ गतेसम्मको अवधिमा भारी वर्षा र बाढीको सम्भावना रहेको जनाएका छन्।

"चीनको प्रहरी कार्यालयबाट तिब्बत क्षेत्रमा भारी वर्षा हुने सूचना प्राप्त भएकाले भोटेकोशी र सुनकोशी नदीमा पानीको बहाव अत्यधिक बढ्न सक्ने सम्भावना छ," नेपालीले जनाएका छन्।

सूचनामा विशेषगरी भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको नदी किनार क्षेत्रका बासिन्दालाई सम्भावित जोखिमका लागि सचेत रहन भनिएको छ।

"नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरूमा सतर्कता अपनाउन अनुरोध छ," सूचनामा भनिएको छ।

प्रशासनले नागरिकहरुलाई आवश्यक सतर्कता अपनाउन, अनावश्यक रूपमा नदी किनारमा नजान, सूचना र मौसम अपडेटप्रति सधैं सजग रहन तथा आवश्यक परेमा नजिकको सुरक्षाकर्मी वा प्रशासनिक निकायसँग समन्वय गर्न आग्रह गरेको छ।

Sindhupalchowk-(1)-1750231525.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र...
सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्री अर्यालको निर्देशन

सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्री अर्यालको निर्देशन

प्रहरी महानिरीक्षकको दज्यार्नी चिह्नबाट विभूषित भएपछि कार्कीलाई गृहमन्त्रीले प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी भूमिका खेल्न निर्देशन दिएका हुन ।
रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

उच्च अदालतका न्यायाधीशद्धय बाशुुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्च अदालतमा भएको मुुल मुद्दाको मिसिल प्रमाण झिकाउने आदेश भएको रविकातर्फबाट कानुनी पैरवी गरिरहेका अधिवत्ता डा. नारायणदत्त कंडेलले जानकारी...