नेभिगेशन
समाज

युट्युबर प्रकाशचन्द्र दाहाललाई ५ हजार धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले युट्युबर प्रकाशचन्द्र दाहाललाई ५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । बुधबार भएको थुनछेक बहसपछि दाहाललाई धरौटीमा रिहा गर्न आदेश भएको हो । 

गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका क्रममा दाहालले दुर्गा प्रसाईंको गाडीभित्र बसेर भिडलाई उक्स्याउने दृश्यको भिडियो खिचेर प्रसारण गरेको भन्दै उनीविरुद्ध विभिन्न ६ कसुरमा मुद्दा दर्ता भएको थियो ।उनीमाथि राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधसहित ६ वटा अभियोग लगाइएको थियो। सो मुद्दाउपर थुनछेक बहसपछि दाहाललाई धरौटीमा रिहा गर्न आदेश भएको हो । 

दाहालले आपराधिक समूहसँग मिलेर संवैधानिक संरचना उल्टाउने नियतले आयोजित घोषणासभामा भाग लिएको र उपद्रवमा सक्रिय सहभागिता जनाएको आरोप लगाइएको थियो । 

उनले दुर्गा प्रसाईँले प्रहरीको घेरा तोडेर  ‘आओ, आओ’ भन्दै प्रदर्शनकारीलाई बोलाएको भिडियो कैद गरेर नेपाल पुकार युट्युब च्यानलमार्फत प्रसारण गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र...
सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्री अर्यालको निर्देशन

सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्री अर्यालको निर्देशन

प्रहरी महानिरीक्षकको दज्यार्नी चिह्नबाट विभूषित भएपछि कार्कीलाई गृहमन्त्रीले प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी भूमिका खेल्न निर्देशन दिएका हुन ।
रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

उच्च अदालतका न्यायाधीशद्धय बाशुुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्च अदालतमा भएको मुुल मुद्दाको मिसिल प्रमाण झिकाउने आदेश भएको रविकातर्फबाट कानुनी पैरवी गरिरहेका अधिवत्ता डा. नारायणदत्त कंडेलले जानकारी...