नेभिगेशन
मुख्य समाचार

राजु पाण्डेको पक्षमा अदालतको आदेश, ‘सुरक्षाकर्मीको भुमिका निभाएका हुन्, पदमा रहेर कामकाज गर्न दिनु’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रहरी प्रमुख राजुनाथ पाण्डेको पक्षमा अदालतको आदेश आएको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेको पक्षमा आदेश दिएको हो । 

अदालतले पाण्डेले वरिष्ठ नगर प्रहरी उपरिक्षक पदमा कार्यरत रहेर पदीय जिम्मेवारी बहन गरेको अदालतको जिकिर छ । ‘यी निवेदक काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलको वरिष्ट नगर प्रहरी उपरिक्षक पदमा कार्यरत रहेकोमा निजको पदीय जिम्मेवारी महानगरपालिकाको सुरक्षा व्यवस्थाको प्रवबन्ध गर्ने समेत रहेक देखिन्छ । साथै यी निवेदक सहितको महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार विपक्षी प्रमुख प्रशासकीय अधिकृतलाई रहेको र सो वमोजिमको आदेश र निर्देशन पालना गर्न प्रत्येक महानगर प्रहरीको कर्तव्य हुने कानूनी व्यवस्था रहेको तथ्यलाई यी निवेदकले इन्कार गरेको देखिदैन । सोही परिप्रेक्ष्यमा सुविधा र सन्तुलनको दृष्टिकोणमा उल्लेखित जाचवुझ समितिको काम कारबाही अघि बढाउन यी निवेदकलाई तत्काल निलम्बन गर्नु पर्ने सम्मको अवस्था देखिएन ।’, आदेशमा भनिएको छ । 

त्यस्तै पाण्डेको निलम्बन कार्यान्वयन नगरि यथास्थितिमा राख्न र उनको पदमा रही कामकाज गर्न दिन समेत अदालतले आदेश दिएको छ । 

नगर प्रहरी प्रमुख राजु पाण्डेलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गत जेठ २० गते निलम्बन गरेका थिए । उनले आफूलाई पाण्डेको बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरेका हुन् । 

पाण्डेलाई ६ महिनाका लागि निलम्बनमा राखेर छानबिन गर्न जाँचबुझ समिति गठन गरिएको थियो । 

पाण्डेले गत चैत २१ गते आफू कार्यालय फर्किएको समयमा प्रहरी परिचालन गरेर रोकेको भन्दै गुरागाईँले स्पष्टीकरण सोधेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र...
सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्री अर्यालको निर्देशन

सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्री अर्यालको निर्देशन

प्रहरी महानिरीक्षकको दज्यार्नी चिह्नबाट विभूषित भएपछि कार्कीलाई गृहमन्त्रीले प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी भूमिका खेल्न निर्देशन दिएका हुन ।
रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

उच्च अदालतका न्यायाधीशद्धय बाशुुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्च अदालतमा भएको मुुल मुद्दाको मिसिल प्रमाण झिकाउने आदेश भएको रविकातर्फबाट कानुनी पैरवी गरिरहेका अधिवत्ता डा. नारायणदत्त कंडेलले जानकारी...