नेभिगेशन
समाज

राजु पाण्डेको पक्षमा अदालतको आदेश, ‘सुरक्षाकर्मीको भुमिका निभाएका हुन्, पदमा रहेर कामकाज गर्न दिनु’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रहरी प्रमुख राजुनाथ पाण्डेको पक्षमा अदालतको आदेश आएको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेको पक्षमा आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अदालतले पाण्डेले वरिष्ठ नगर प्रहरी उपरिक्षक पदमा कार्यरत रहेर पदीय जिम्मेवारी बहन गरेको अदालतको जिकिर छ । ‘यी निवेदक काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलको वरिष्ट नगर प्रहरी उपरिक्षक पदमा कार्यरत रहेकोमा निजको पदीय जिम्मेवारी महानगरपालिकाको सुरक्षा व्यवस्थाको प्रवबन्ध गर्ने समेत रहेक देखिन्छ । साथै यी निवेदक सहितको महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार विपक्षी प्रमुख प्रशासकीय अधिकृतलाई रहेको र सो वमोजिमको आदेश र निर्देशन पालना गर्न प्रत्येक महानगर प्रहरीको कर्तव्य हुने कानूनी व्यवस्था रहेको तथ्यलाई यी निवेदकले इन्कार गरेको देखिदैन । सोही परिप्रेक्ष्यमा सुविधा र सन्तुलनको दृष्टिकोणमा उल्लेखित जाचवुझ समितिको काम कारबाही अघि बढाउन यी निवेदकलाई तत्काल निलम्बन गर्नु पर्ने सम्मको अवस्था देखिएन ।’, आदेशमा भनिएको छ । 

Ncell
Extreme Energy

त्यस्तै पाण्डेको निलम्बन कार्यान्वयन नगरि यथास्थितिमा राख्न र उनको पदमा रही कामकाज गर्न दिन समेत अदालतले आदेश दिएको छ । 

नगर प्रहरी प्रमुख राजु पाण्डेलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गत जेठ २० गते निलम्बन गरेका थिए । उनले आफूलाई पाण्डेको बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरेका हुन् । 

पाण्डेलाई ६ महिनाका लागि निलम्बनमा राखेर छानबिन गर्न जाँचबुझ समिति गठन गरिएको थियो । 

पाण्डेले गत चैत २१ गते आफू कार्यालय फर्किएको समयमा प्रहरी परिचालन गरेर रोकेको भन्दै गुरागाईँले स्पष्टीकरण सोधेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...