नेभिगेशन
समाज

हेटौँडा उपमहानगरका प्रवक्तामाथि कार्यकक्षमै आक्रमण

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि  कार्यकक्षमै आक्रमण भएको छ । बुधबार अपराह्न ४ बजेतिर वडा कार्यालयमा काम गरिरहेको अवस्थामा ३–४ जनाको समूहले मोबिल छ्याप्नुका साथै टाउकोमा प्रहार भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आक्रमणमा परि न्यौपानेको टाउकोमा चोट लागेको छ । उनीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न हेटौँडा महानगरपालिकाले माग गरेको छ । 

Ncell
Extreme Energy

महानगरले वडाध्यक्षलाई कुटपिट गर्ने समूहले उनको २ थान मोबाइलसमेत चोरी गरेको आरोप लगाएको छ । 

आक्रमण हुनासाथ आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुई वटा मोटरसाइकलमा आएका उनीहरु खोजी तिव्र पारिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।