नेभिगेशन
मुख्य समाचार

कार्यालय फर्किएका राजु पाण्डे भन्छन्, ‘पुराना घटनालाई बिर्सिएर महानगरवासीलाई अनुभूत हुनेगरि काम  गर्छौँ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे जिम्मेवारीमा फर्किएका छन् । बुधवार न्यायाधीश ऋषि राजभण्डारी र डिल्ली रत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएसँगै उनी जिम्मेवारीमा फर्किएका हुन् । 

बिहीबार कार्यालय पुगेर कार्यभार सम्हाल्दै उनले आफू अदालतप्रति आभार प्रकट गर्दै पुराना घटनालाई बिर्सन चाहने बताए ।  ‘सम्मानित अदालतप्रति आभार प्रकट गर्न चाहन्छु र पुराना घटनालाई बिर्सिन पनि चाहन्छु म ।’, उनले भने, ‘महानगरमा नयाँ शिराबाट महानगरका जनताले अनुभूति गर्ने गरि काम गरेको थिएँ । अझ सशक्त भएर गर्नेछु ।’

त्यस्तै उनले बर्खा लागिसकेका कारण बाढी र त्यसको प्रभाव कम गर्न राज्यका निकायसँग साझेदार गरेर काम गर्ने बताए । 

उच्च अदालत पाटनले पाण्डेले वरिष्ठ नगर प्रहरी उपरीक्षक पदमा कार्यरत रहेर पदीय जिम्मेवारी बहन गरेको अदालतको जिकिर गर्दै जिम्मेवारीमा फर्काउन आदेश दिएको थियो । 

त्यस्तै पाण्डेको निलम्बन कार्यान्वयन नगरी यथास्थितिमा राख्न र उनको पदमा रही कामकाज गर्न दिन समेत अदालतले आदेश दिएको थियो ।

नगर प्रहरी प्रमुख राजु पाण्डेलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गत जेठ २० गते निलम्बन गरेका थिए । उनले आफूलाई पाण्डेको बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरेका हुन् । 

पाण्डेलाई ६ महिनाका लागि निलम्बनमा राखेर छानबिन गर्न जाँचबुझ समिति गठन गरिएको थियो । 

पाण्डेले गत चैत २१ गते आफू कार्यालय फर्किएको समयमा प्रहरी परिचालन गरेर रोकेको भन्दै गुरागाईँले स्पष्टीकरण सोधेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

जब उनले हालसम्म साहदत प्राप्त गरेका प्रहरी अधिकारीहरुबारे बोल्ने चेष्टा गरे उनको गला अवरुद्ध भयो । उनी अघि बढ्न सकेनन् ।
राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र...