नेभिगेशन
समाज

कार्यालय फर्किएका राजु पाण्डे भन्छन्, ‘पुराना घटनालाई बिर्सिएर महानगरवासीलाई अनुभूत हुनेगरि काम  गर्छौँ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे जिम्मेवारीमा फर्किएका छन् । बुधवार न्यायाधीश ऋषि राजभण्डारी र डिल्ली रत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएसँगै उनी जिम्मेवारीमा फर्किएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार कार्यालय पुगेर कार्यभार सम्हाल्दै उनले आफू अदालतप्रति आभार प्रकट गर्दै पुराना घटनालाई बिर्सन चाहने बताए ।  ‘सम्मानित अदालतप्रति आभार प्रकट गर्न चाहन्छु र पुराना घटनालाई बिर्सिन पनि चाहन्छु म ।’, उनले भने, ‘महानगरमा नयाँ शिराबाट महानगरका जनताले अनुभूति गर्ने गरि काम गरेको थिएँ । अझ सशक्त भएर गर्नेछु ।’

Ncell
Extreme Energy

त्यस्तै उनले बर्खा लागिसकेका कारण बाढी र त्यसको प्रभाव कम गर्न राज्यका निकायसँग साझेदार गरेर काम गर्ने बताए । 

उच्च अदालत पाटनले पाण्डेले वरिष्ठ नगर प्रहरी उपरीक्षक पदमा कार्यरत रहेर पदीय जिम्मेवारी बहन गरेको अदालतको जिकिर गर्दै जिम्मेवारीमा फर्काउन आदेश दिएको थियो । 

त्यस्तै पाण्डेको निलम्बन कार्यान्वयन नगरी यथास्थितिमा राख्न र उनको पदमा रही कामकाज गर्न दिन समेत अदालतले आदेश दिएको थियो ।

नगर प्रहरी प्रमुख राजु पाण्डेलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गत जेठ २० गते निलम्बन गरेका थिए । उनले आफूलाई पाण्डेको बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरेका हुन् । 

पाण्डेलाई ६ महिनाका लागि निलम्बनमा राखेर छानबिन गर्न जाँचबुझ समिति गठन गरिएको थियो । 

पाण्डेले गत चैत २१ गते आफू कार्यालय फर्किएको समयमा प्रहरी परिचालन गरेर रोकेको भन्दै गुरागाईँले स्पष्टीकरण सोधेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...