नेभिगेशन
मुख्य समाचार

भिजिट भिसा प्रकरणमा एकजुट हुन ज्ञानेन्द्र शाहीको आह्वान

अन्यायको महल कति दिन टिक्ला र ? झुटको पर्दा कति दिन छेकिँला र ? आज नभए भोलि त ढल्नैपर्छ, किनकि सत्यको जित निश्चित हुन्छ।

काठमाडौँ । राष्ट्रिय प्रजतन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले  भिजिट भिसा प्रकरणमा एकजुट हुन समपुर्ण राजनीतिक दल र संसदीय दलका सम्पूर्ण सांसदहरूलाई आह्वान गरेका छन् । भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा नभएर सबैले साझा मुद्दा भएका कारण एकजुट हुनुपर्ने बताएका हुन् । 

‘यो भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन। यो हामी सम्पूर्णको साझा मुद्दा हो र आजको एकजना गृहमन्त्रीको कुरा होइन। यो १४÷१४ वटा गृहमन्त्रीको कुरा हो, २०६४ सालदेखि अहिलेसम्मको कुरा हो ।’ उनले भने, ‘यो भएको हुनाले सम्पूर्ण राजनीतिक दल र संसदीय दलका सम्पूर्ण सांसदहरूलाई राप्रपाको तर्फबाट तपाईँहरूलाई अपिल छ, हामी एक ठाउँमा आऔं, मानव बेचबिखनविरुद्ध चाहिँ हामी एकजुट बनौं। यो कुनै व्यक्तिको, कुनै दलको मात्र मुद्दा होइन।’ 

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सो क्रममा उनले अन्यायको महल कुनै ढल्ने दावी गरे । तयस्तै विरोधका बाबजुद पनि बैठकलाई निरन्तरता दिए बैठक बहिष्कार गर्ने बताए ।  ‘जाँदा जाँदै सरकारलाई भन्न चाहन्छु, अन्यायको महल कति दिन टिक्ला र ? झुटको पर्दा कति दिन छेकिँला र ? आज नभए भोलि त ढल्नैपर्छ, किनकि सत्यको जित निश्चित हुन्छ।’ उनले भने, ‘जबसम्म यो भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्दैन र संसदमा एकवटा दलको पनि त्यत्तिकै हैसियत हुन्छ, एकजना सांसदको पनि त्यत्तिकै हैसियत हुन्छ। संसदमा विरोधका बाबजुद पनि संसद चल्यो भने राप्रपाले आज पनि संसद बहिष्कार गर्छ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेशका मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

मधेशका मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

मुख्यमन्त्री यादवविरूद्ध कृष्णप्रसाद यादवसहित मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदनको आज प्रारम्भिक सुनुवाइ गरेको हो । अदालतले यही कात्तिक ३० गते दुवै पक्षलाई छलफलका लागि...
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

आयोगका अनुसार निरौलाले भारतको विहार संस्कृत शिक्षाबोर्ड, पटनाबाट जारी भएको माध्यमिक तहको परीक्षा उत्तीर्ण प्रमाणपत्र पेस गरी सो विद्यालयमा प्राथमिक तहको शिक्षिका पदका लागि नियुक्ति लिएका थिए ।...
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उनले भने, “जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो । जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य...
प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

तीस वर्षे सेवा पूरा गरी आजदेखि अनिवार्य अवकाशमा जान लागेका खापुङलाई गृह मन्त्रालयमा बिदाइ गर्दै गृहमन्त्रीले अवकाश जीवनपछि पनि उनको अनुभव राष्ट्रलाई खाँचो रहेको बताए ।  उनले भने,...