नेभिगेशन
समाज

भिजिट भिसा प्रकरणमा एकजुट हुन ज्ञानेन्द्र शाहीको आह्वान

अन्यायको महल कति दिन टिक्ला र ? झुटको पर्दा कति दिन छेकिँला र ? आज नभए भोलि त ढल्नैपर्छ, किनकि सत्यको जित निश्चित हुन्छ।

काठमाडौँ । राष्ट्रिय प्रजतन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले  भिजिट भिसा प्रकरणमा एकजुट हुन समपुर्ण राजनीतिक दल र संसदीय दलका सम्पूर्ण सांसदहरूलाई आह्वान गरेका छन् । भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा नभएर सबैले साझा मुद्दा भएका कारण एकजुट हुनुपर्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यो भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन। यो हामी सम्पूर्णको साझा मुद्दा हो र आजको एकजना गृहमन्त्रीको कुरा होइन। यो १४÷१४ वटा गृहमन्त्रीको कुरा हो, २०६४ सालदेखि अहिलेसम्मको कुरा हो ।’ उनले भने, ‘यो भएको हुनाले सम्पूर्ण राजनीतिक दल र संसदीय दलका सम्पूर्ण सांसदहरूलाई राप्रपाको तर्फबाट तपाईँहरूलाई अपिल छ, हामी एक ठाउँमा आऔं, मानव बेचबिखनविरुद्ध चाहिँ हामी एकजुट बनौं। यो कुनै व्यक्तिको, कुनै दलको मात्र मुद्दा होइन।’ 

Ncell
Extreme Energy

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सो क्रममा उनले अन्यायको महल कुनै ढल्ने दावी गरे । तयस्तै विरोधका बाबजुद पनि बैठकलाई निरन्तरता दिए बैठक बहिष्कार गर्ने बताए ।  ‘जाँदा जाँदै सरकारलाई भन्न चाहन्छु, अन्यायको महल कति दिन टिक्ला र ? झुटको पर्दा कति दिन छेकिँला र ? आज नभए भोलि त ढल्नैपर्छ, किनकि सत्यको जित निश्चित हुन्छ।’ उनले भने, ‘जबसम्म यो भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्दैन र संसदमा एकवटा दलको पनि त्यत्तिकै हैसियत हुन्छ, एकजना सांसदको पनि त्यत्तिकै हैसियत हुन्छ। संसदमा विरोधका बाबजुद पनि संसद चल्यो भने राप्रपाले आज पनि संसद बहिष्कार गर्छ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै