नेभिगेशन
मुख्य समाचार

मानव तस्करविरुद्ध आन्दोलन गर्दा सरकार सुन्दैन, कस्तो सुशासन चल्दै छ यहाँ ?: हरि ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आफूहरुले मानव तस्करका विरुद्धमा सदनमा विरोध जनाइरहँदा सरकारले नदेखेको गुनासो गरेका छन् । बिहिबार संसदमा बोल्दै सांसद ढकालले आफूहरुले भुईँमान्छेमाथि भएको अत्याचारका बारेको आन्दोलन गर्दा सरकारले त्यसलाई नजरअन्दाज गरेको आरोप लगाएका हुन् ।

सांसद ढकालले आफूहरुले यो देशमा पसिना बगाउने ठाउँ नपाएर विदेशिन बाध्य भएका युवाहरुहरुलाई उल्टै ठग्नेहरुविरुद्ध आन्दोलन गर्दा सरकारले नदेखेझैँ गरेको बताएका छन् । ‘२३ दिनदेखि भुईँमान्छेका आवाज बोलेर  भुईँमान्छेमा भएको त्यो अत्याचार र मानव तस्करहरूविरुद्ध हामीले आन्दोलन गर्दै गर्दा सरकार सुन्दैन। यो कुन किसिमको सुशासन चल्दै छ यहाँ ? कुन किसिमको सुशासनको भाषण चल्दै छ ?’, ढकालले प्रश्न गरे, ‘आज कतारमा उद्दारका लागि आह्वान गरिरहेकी चेलीको आवाज बोलेका छौँ हामीले। आज यो देशमा पसिना बगाउने ठाउँ नपाएर संगठित रूपमा तस्करहरूले उचित श्रम र रोजगारीको मोहमा भिजिट भिसाका नाममा मानव तस्करी गरेर लाखौं लाख युवा ठगिनुको विषय, हामीले यो विषयमा आन्दोलित हुँदै गर्दा सरकार किन हाम्रो आन्दोलन प्रति नजरअन्दाज गर्दै छ ।’

CG

त्यस्तै उनले गृहमन्त्रीले मानव तस्करीका बारेमा बोल्न सदनमा आएर भुईँमान्छेका आवाजहरुमाथि कटाक्ष गरेको आरोप लगाएका छन् । गृहमन्त्रीले विमानस्थलबाट मानव बेचबिखन ब्यूरो हटाएको, अख्तियारले ताकेता गर्दा तस्करीको अनुसन्धान नगरेको विषय भने नजरअन्दाज गरेको बताएका छन् । ‘गृहमन्त्रीज्यूले सदनमा आएर बोल्नु भयो । आफूले दिने उत्तरहरूमा भुईँमान्छेका आवाजमाथि कटाक्ष गर्नुभयो। तर, विमानस्थलबाट मानव बेचबिखन ब्यूरो किन हटाइयो ? यो प्रश्नको उत्तर दिन सक्नुभएको छैन। अख्तियारले ताकेता गर्दा पनि किन विमानस्थल भित्र भएको यो र्‍याकेटको अनुसन्धान सुरु गरिएन ? यसको उत्तर दिनु भएन। आवश्यक कर्मचारीहरू किन थपियो एयरपोर्टमा ? यसका उत्तर आएन। अनि आफ्ना सचिवालयका कर्मचारीको त्यो सरुवा किन गरियो ? यसका उत्तरहरू दिन सक्नु भएन। अनि यो डीआईजीको सरुवाका विषयका विषयहरू उत्तर दिन सक्नु भएन।’, ढकालले भने । 
सरकारले आफुहरुले राखेका भुईमान्छेका आवाज नसुनेका कारण आफूहरुको आन्दोलन जारी राख्ने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५...
निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ ।