नेभिगेशन
समाज

मानव तस्करविरुद्ध आन्दोलन गर्दा सरकार सुन्दैन, कस्तो सुशासन चल्दै छ यहाँ ?: हरि ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आफूहरुले मानव तस्करका विरुद्धमा सदनमा विरोध जनाइरहँदा सरकारले नदेखेको गुनासो गरेका छन् । बिहिबार संसदमा बोल्दै सांसद ढकालले आफूहरुले भुईँमान्छेमाथि भएको अत्याचारका बारेको आन्दोलन गर्दा सरकारले त्यसलाई नजरअन्दाज गरेको आरोप लगाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद ढकालले आफूहरुले यो देशमा पसिना बगाउने ठाउँ नपाएर विदेशिन बाध्य भएका युवाहरुहरुलाई उल्टै ठग्नेहरुविरुद्ध आन्दोलन गर्दा सरकारले नदेखेझैँ गरेको बताएका छन् । ‘२३ दिनदेखि भुईँमान्छेका आवाज बोलेर  भुईँमान्छेमा भएको त्यो अत्याचार र मानव तस्करहरूविरुद्ध हामीले आन्दोलन गर्दै गर्दा सरकार सुन्दैन। यो कुन किसिमको सुशासन चल्दै छ यहाँ ? कुन किसिमको सुशासनको भाषण चल्दै छ ?’, ढकालले प्रश्न गरे, ‘आज कतारमा उद्दारका लागि आह्वान गरिरहेकी चेलीको आवाज बोलेका छौँ हामीले। आज यो देशमा पसिना बगाउने ठाउँ नपाएर संगठित रूपमा तस्करहरूले उचित श्रम र रोजगारीको मोहमा भिजिट भिसाका नाममा मानव तस्करी गरेर लाखौं लाख युवा ठगिनुको विषय, हामीले यो विषयमा आन्दोलित हुँदै गर्दा सरकार किन हाम्रो आन्दोलन प्रति नजरअन्दाज गर्दै छ ।’

Ncell
Extreme Energy

त्यस्तै उनले गृहमन्त्रीले मानव तस्करीका बारेमा बोल्न सदनमा आएर भुईँमान्छेका आवाजहरुमाथि कटाक्ष गरेको आरोप लगाएका छन् । गृहमन्त्रीले विमानस्थलबाट मानव बेचबिखन ब्यूरो हटाएको, अख्तियारले ताकेता गर्दा तस्करीको अनुसन्धान नगरेको विषय भने नजरअन्दाज गरेको बताएका छन् । ‘गृहमन्त्रीज्यूले सदनमा आएर बोल्नु भयो । आफूले दिने उत्तरहरूमा भुईँमान्छेका आवाजमाथि कटाक्ष गर्नुभयो। तर, विमानस्थलबाट मानव बेचबिखन ब्यूरो किन हटाइयो ? यो प्रश्नको उत्तर दिन सक्नुभएको छैन। अख्तियारले ताकेता गर्दा पनि किन विमानस्थल भित्र भएको यो र्‍याकेटको अनुसन्धान सुरु गरिएन ? यसको उत्तर दिनु भएन। आवश्यक कर्मचारीहरू किन थपियो एयरपोर्टमा ? यसका उत्तर आएन। अनि आफ्ना सचिवालयका कर्मचारीको त्यो सरुवा किन गरियो ? यसका उत्तरहरू दिन सक्नु भएन। अनि यो डीआईजीको सरुवाका विषयका विषयहरू उत्तर दिन सक्नु भएन।’, ढकालले भने । 
सरकारले आफुहरुले राखेका भुईमान्छेका आवाज नसुनेका कारण आफूहरुको आन्दोलन जारी राख्ने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै