नेभिगेशन
समाज

भिजिट भिसामा कांग्रेस सचेतकको विवादास्पद टिप्पणी, ‘जान मन लाग्ने गए, मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन’

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका छन् । बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले आफ्नै इच्छाले मानिसहरू भिजिट भिसाका माध्यमबाट बाहिर गएकाले त्यसलाई मानवतस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यो पैसा लिएर पठाउने कुरा भएको हो। त्यसमा मानव बेचबिखनको कुरा हुन्न । जो मान्छे जान चाहन्थ्यो, जान चाहने मान्छेसँग पैसा लिएर पठाइयो भन्ने कुरा हो।’, उनले थपे, ‘यो मानव बेचबिखन भनेको के हो? मानव बेचबिखन भनेको तपाईँलाई लगेर मैले कहीँ बेच्ने हैन ? कहीँ लगेर तपाईँसँग चाहिँ पैसा लिएर, तपाईँलाई कहीँ पुर्‍याएर मैले चाहिँ लाभ लिएँ भनेको पो त्यो मानव बेचबिखन हुन्छ त, अनि जेलाई पनि मानव बेचबिखन भन्दिने ?’

Ncell
Extreme Energy

भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र मुद्दा अभियोजन समेत नभएको अवस्थामा कसैलाई दोषी किटान गर्न नमिल्ने उनले बताए । ‘गृह मन्त्रालयका कर्मचारी पनि मिसिए होलान्। अब कहाँ कहाँ मिसिएका छन्, अनुसन्धान सुरु भएको छ। अहिले अख्तियारले अनुसन्धान सुरु गरेको छ। अख्तियारले भन्ला। अहिलेसम्म मुद्दा अभियोजन कसैमाथि भएको छैन, कसैमाथि दोषी करार गरेको छैन, मुद्दा अभियोजन नै भएको छैन। मुद्दा अभियोजन जुन बेला होला, त्यही बेला चाहिँ हामी सबैलाई थाहा होला कि को को यसमा चाहिँ संलग्न छन् भन्ने कुरा । मुद्दा अख्तियारले अभियोजन गरेपछि थाहा हुन्छ। अहिले त अनुसन्धानकै प्रक्रियामा छ। के भएको हो भनेर। कर्मचारी पनि दोषी भनेर भन्नु पनि मिल्दैन। त्यस कारणले गर्दाखेरि अहिले आएर यो नै मानव बेचबिखन भयो, गृहमन्त्रीले मान्छे बेचेको भनेर चाहिँ यस्तो कुराहरू गर्नु के अर्थ छ ?’, सचेतक घिमिरेले भने । 

भिजिट भिसा प्रकरणमा अनावश्यक माग राखेर रास्वपालाई फिर्ता हुन गाह्रो भइरहेको भन्दै घिमिरेले वार्ता गरेर रास्वपालाई सहमतिमा ल्याउने जिकिर गर्नुभयो । ‘यो कुराहरूमा उहाँहरू फस्नुभयो । उहाँहरूले चाहिँ अनावश्यक माग राखेर एउटा हदसम्म पुग्नुभयो, वेल घेराउमा पुग्नुभयो। पुगेपछि उहाँहरूलाई पनि फिर्ता हुन गाह्रो भएको होला। ठिकै छ, एउटा राजनीतिक शक्ति हो। त्योसँग पनि हामी वार्ता सहमति गरेर एउटा सहमतिमा पुर्‍याउँछौँ।’, उनले भने । 

घिमिरेले सदनमा देखिएको समस्या केही दिनमा नै समाधान हुने उल्लेख गर्नुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै