नेभिगेशन
समाज

भिजिट भिसामा कांग्रेस सचेतकको विवादास्पद टिप्पणी, ‘जान मन लाग्ने गए, मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन’

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका छन् । बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले आफ्नै इच्छाले मानिसहरू भिजिट भिसाका माध्यमबाट बाहिर गएकाले त्यसलाई मानवतस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका हुन् । 

‘यो पैसा लिएर पठाउने कुरा भएको हो। त्यसमा मानव बेचबिखनको कुरा हुन्न । जो मान्छे जान चाहन्थ्यो, जान चाहने मान्छेसँग पैसा लिएर पठाइयो भन्ने कुरा हो।’, उनले थपे, ‘यो मानव बेचबिखन भनेको के हो? मानव बेचबिखन भनेको तपाईँलाई लगेर मैले कहीँ बेच्ने हैन ? कहीँ लगेर तपाईँसँग चाहिँ पैसा लिएर, तपाईँलाई कहीँ पुर्‍याएर मैले चाहिँ लाभ लिएँ भनेको पो त्यो मानव बेचबिखन हुन्छ त, अनि जेलाई पनि मानव बेचबिखन भन्दिने ?’

CG

भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र मुद्दा अभियोजन समेत नभएको अवस्थामा कसैलाई दोषी किटान गर्न नमिल्ने उनले बताए । ‘गृह मन्त्रालयका कर्मचारी पनि मिसिए होलान्। अब कहाँ कहाँ मिसिएका छन्, अनुसन्धान सुरु भएको छ। अहिले अख्तियारले अनुसन्धान सुरु गरेको छ। अख्तियारले भन्ला। अहिलेसम्म मुद्दा अभियोजन कसैमाथि भएको छैन, कसैमाथि दोषी करार गरेको छैन, मुद्दा अभियोजन नै भएको छैन। मुद्दा अभियोजन जुन बेला होला, त्यही बेला चाहिँ हामी सबैलाई थाहा होला कि को को यसमा चाहिँ संलग्न छन् भन्ने कुरा । मुद्दा अख्तियारले अभियोजन गरेपछि थाहा हुन्छ। अहिले त अनुसन्धानकै प्रक्रियामा छ। के भएको हो भनेर। कर्मचारी पनि दोषी भनेर भन्नु पनि मिल्दैन। त्यस कारणले गर्दाखेरि अहिले आएर यो नै मानव बेचबिखन भयो, गृहमन्त्रीले मान्छे बेचेको भनेर चाहिँ यस्तो कुराहरू गर्नु के अर्थ छ ?’, सचेतक घिमिरेले भने । 

भिजिट भिसा प्रकरणमा अनावश्यक माग राखेर रास्वपालाई फिर्ता हुन गाह्रो भइरहेको भन्दै घिमिरेले वार्ता गरेर रास्वपालाई सहमतिमा ल्याउने जिकिर गर्नुभयो । ‘यो कुराहरूमा उहाँहरू फस्नुभयो । उहाँहरूले चाहिँ अनावश्यक माग राखेर एउटा हदसम्म पुग्नुभयो, वेल घेराउमा पुग्नुभयो। पुगेपछि उहाँहरूलाई पनि फिर्ता हुन गाह्रो भएको होला। ठिकै छ, एउटा राजनीतिक शक्ति हो। त्योसँग पनि हामी वार्ता सहमति गरेर एउटा सहमतिमा पुर्‍याउँछौँ।’, उनले भने । 

घिमिरेले सदनमा देखिएको समस्या केही दिनमा नै समाधान हुने उल्लेख गर्नुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...