नेभिगेशन
समाज

रास्वपा र राप्रपाको विरोधका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौँ । आजको संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यसूची हटेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण उक्त कार्यक्रम कार्यसूचीबाट हटेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो । प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरिएको थियो । तर प्रतिपक्ष दल रास्वपा र राप्रपाको विरोधका बिच उक्त कार्यक्रम कार्यसूचीबाट हटेको हो । 

Ncell
Extreme Energy

 संसद सुरु हुनासाथ उनीहरुले उठेर विरोध जनाएपछि सभामुखले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी दिएका हुन् । 

प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर गर्ने कार्यसूची राखेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले निलो रिबन लगाएर संसद बैठकमा पुगेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भन्सार छली ल्याइएका २४ लाखका आईफोन बरामद

भन्सार छली ल्याइएका २४ लाखका आईफोन बरामद

रुपन्देहीको ओमसतिया गाउँपालिका–४ सानो बालापुरबाट  २३ लाख ९० हजार बराबरका विभिन्न मोडलका एप्पल कम्पनीका आईफोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
सक्रिय हुँदै मनसुन, असार १६ र १७ गते हुन सक्छ मुसलधारे वर्षा

सक्रिय हुँदै मनसुन, असार १६ र १७ गते हुन सक्छ मुसलधारे वर्षा

महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा...
नक्कली औषधि भेटिएपछि  एउटा फार्मेसी बन्द, १५ फार्मेसीलाई कारवाही सिफारिश

नक्कली औषधि भेटिएपछि एउटा फार्मेसी बन्द, १५ फार्मेसीलाई कारवाही सिफारिश

बनेपास्थित एक औषधि पसलबाट सेरोफ्लो रोटक्याप्स नामक २१ थान नक्कली औषधि बरामद भएको औषधि व्यवस्था विभागले जनाएको छ। उक्त पसललाई तत्कालका लागि बन्द गरी थप अनुसन्धान प्रक्रिया अघि...
ककपिटमा धुँवाको संकेत देखिएपछि श्री एयरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण

ककपिटमा धुँवाको संकेत देखिएपछि श्री एयरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण

एसएचए २२७ जहाजको ककपिटमा धुवाँको संकेत मिलेपछि पाइलटले जहाजलाई तत्काल भैरहवा अवतरण गर्ने निर्णय लिएको विमानस्थलका महाप्रवन्धक श्याम किशोर साहले जानकारी दिए ।