नेभिगेशन
मुख्य समाचार

मानव तस्करी विरुद्ध संसदमा कालाे बश्त्र र निलो रिबनमा रास्वपाको प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदमा संसदमा निलो रिबन प्रदर्शन गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो । 

सो कार्यसूचीमा भाग लिन प्रधानमन्त्री ओली बैठकमा पुगेका थिए । तर रास्वपा र राप्रपाका सांसदले सधैँजसो उठेर विरोध जनाए । यसअघि गत मंगलबार निलो रिबन लगाएर पुगेका रास्वपाका सांसदले संसद चल्ने समयसम्म बैठकभित्रै विराेध जनाएका थिए । उनीहरुले आज पनि आफूहरुको विरोधका बिच प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको भन्दै निलो रिबन लगाएर पुगेका थिए । तर सभामुखले उनीहरुको विरोधका बिच संसद चलाउन खोजेपछि उनीहरुले आफूले लगाएको निलो रिबन घाँटीबाट निकालेर सभामुखतर्फ प्रदर्शन गरेका थिए । निलो रिबन मानव तस्करीविरुद्धको सांकेतिक विरोधका रुपमा लिने गरिन्छ । 

CG

जेठ १३ गतेयता रास्वपाले भिजिट भिसा प्रकरणलाई लिएर निरन्तर संसदमा विरोध जनाउँदै आएको छ । उनीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि समिति बनाएर छानबिन हुनुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने लगायत माग राख्दै आएका छन् । 

rasopa-nilo-ribbon-1750402792.jpg

rasopa-nilo-ribbon-1750402785.jpg

rasopa-nilo-ribbon-6-1750402784.jpg

rasopa-nilo-ribbon-5-1750402784.jpg

rasopa-nilo-ribbon-2-1750402783.jpg

rasopa-nilo-ribbon-1-1750402783.jpg

rasopa-nilo-ribbon-3-1750402783.jpg

rasopa-nilo-ribbon-4-1750402783.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५...
निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ ।