नेभिगेशन
समाज

मानव तस्करी विरुद्ध संसदमा कालाे बश्त्र र निलो रिबनमा रास्वपाको प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदमा संसदमा निलो रिबन प्रदर्शन गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो कार्यसूचीमा भाग लिन प्रधानमन्त्री ओली बैठकमा पुगेका थिए । तर रास्वपा र राप्रपाका सांसदले सधैँजसो उठेर विरोध जनाए । यसअघि गत मंगलबार निलो रिबन लगाएर पुगेका रास्वपाका सांसदले संसद चल्ने समयसम्म बैठकभित्रै विराेध जनाएका थिए । उनीहरुले आज पनि आफूहरुको विरोधका बिच प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको भन्दै निलो रिबन लगाएर पुगेका थिए । तर सभामुखले उनीहरुको विरोधका बिच संसद चलाउन खोजेपछि उनीहरुले आफूले लगाएको निलो रिबन घाँटीबाट निकालेर सभामुखतर्फ प्रदर्शन गरेका थिए । निलो रिबन मानव तस्करीविरुद्धको सांकेतिक विरोधका रुपमा लिने गरिन्छ । 

Ncell
Extreme Energy

जेठ १३ गतेयता रास्वपाले भिजिट भिसा प्रकरणलाई लिएर निरन्तर संसदमा विरोध जनाउँदै आएको छ । उनीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि समिति बनाएर छानबिन हुनुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने लगायत माग राख्दै आएका छन् । 

rasopa-nilo-ribbon-1750402792.jpg

rasopa-nilo-ribbon-1750402785.jpg

rasopa-nilo-ribbon-6-1750402784.jpg

rasopa-nilo-ribbon-5-1750402784.jpg

rasopa-nilo-ribbon-2-1750402783.jpg

rasopa-nilo-ribbon-1-1750402783.jpg

rasopa-nilo-ribbon-3-1750402783.jpg

rasopa-nilo-ribbon-4-1750402783.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै