नेभिगेशन
समाज

सदनमा बोल्न नपाएका प्रधानमन्त्रीको पत्रकारलाई कटाक्ष, ‘मज्जा आयो ?’

काठमाडौँ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको थियो । सोहीअनुरुप प्रधानमन्त्री बैठकमा पुगेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरूले विरोध सुरु गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिनका लागि समिति गठनको माग गर्दै नाराबाजी गरेपछि सदनमा अवरोध उत्पन्न भयो।

Ncell
Extreme Energy

कालो पोसाक र निलो रिबनसहित वेल घेराउ गर्न पुगेका सांसदहरूको विरोधका कारण सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको जानकारी गराए। सो घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओली बैठककक्षबाट बाहिरिए।

बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूले प्रधानमन्त्रीलाई सोधे, ‘आज संसद्‌मा बोल्न पाउनु भएन नि हैन ?’

खुड्किला ओर्लँदै गरेको प्रधानमन्त्रीले केही समय त्यसको जवाफ फर्काएनन् । तर एकपछि अर्को प्रश्न उठ्दैगर्दा उनले सञ्चारकर्मीमाथि नै प्रश्न तेर्साए । उनले सोधे, ‘मज्जा आयो ?’
त्यसपछि केही नबोली उनी आफ्नो गाडी तर्फ लागे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै