नेभिगेशन
समाज

सदनमा बोल्न नपाएका प्रधानमन्त्रीको पत्रकारलाई कटाक्ष, ‘मज्जा आयो ?’

काठमाडौँ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको थियो । सोहीअनुरुप प्रधानमन्त्री बैठकमा पुगेका थिए । 

तर बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरूले विरोध सुरु गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिनका लागि समिति गठनको माग गर्दै नाराबाजी गरेपछि सदनमा अवरोध उत्पन्न भयो।

CG

कालो पोसाक र निलो रिबनसहित वेल घेराउ गर्न पुगेका सांसदहरूको विरोधका कारण सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको जानकारी गराए। सो घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओली बैठककक्षबाट बाहिरिए।

बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूले प्रधानमन्त्रीलाई सोधे, ‘आज संसद्‌मा बोल्न पाउनु भएन नि हैन ?’

खुड्किला ओर्लँदै गरेको प्रधानमन्त्रीले केही समय त्यसको जवाफ फर्काएनन् । तर एकपछि अर्को प्रश्न उठ्दैगर्दा उनले सञ्चारकर्मीमाथि नै प्रश्न तेर्साए । उनले सोधे, ‘मज्जा आयो ?’
त्यसपछि केही नबोली उनी आफ्नो गाडी तर्फ लागे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...