नेभिगेशन
समाज

भिजिट भिसा दुरुपयोग प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै रास्वपा उदयपुरको ज्ञापनपत्र

उदयपुर । रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरले भिजिट भिसाको दुरुपयोग र मानव तस्करीजस्ता गम्भीर प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेललाई ज्ञापनपत्र बुझाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला सभापति चित्र कार्कीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको रास्वपाको टोलीले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत संघीय सरकारको ध्यानाकर्षण गराएको हो। संघीय संसदमा रास्वपाले उठाइरहेका मुद्दालाई साथ दिँदै जिल्लामा पनि पार्टीले दबाब प्रस्तुत गरेको जनाएको छ।

Ncell
Extreme Energy

ज्ञापनपत्रमा हालै सार्वजनिक भइरहेका भिजिट भिसा दुरुपयोग र मानव तस्करीका घटनाहरूको प्रभावकारी छानबिनका लागि तत्काल उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ। साथै, गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरिएको छ।

ज्ञापनपत्रमा भनिएको छ, “विगत केही वर्षयता भिजिट भिसाको नाममा व्यापक मानव तस्करी तथा संगठित अपराध भइरहेको आशंका गम्भीर छ। यसमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र विभिन्न देशीय नियोगहरूको संलग्नता रहेको हुन सक्ने हुँदा बहुआयामिक अनुसन्धान आवश्यक छ।”

रास्वपाले छानबिन समितिको कार्यक्षेत्र, संरचना, अधिकार र व्यवस्थापन स्पष्टसँग निर्धारण गरी कार्यसम्पादन समितिमार्फत गठन हुनुपर्नेमा जोड दिएको छ। साथै, छानबिन प्रक्रिया पारदर्शी र समयसीमा भित्र सम्पन्न हुनुपर्ने माग राखिएको छ।

मानव तस्करीमा संलग्न दोषीहरूमाथि कानुनअनुसार कडा कारबाही हुनुपर्ने, पीडितहरूलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराइनुपर्ने, र यस विषयमा राजनीतिक तथा प्रशासनिक तहमा जवाफदेहिता आवश्यक रहेको जनाउँदै ज्ञापनपत्रमा गृहमन्त्रीको राजीनामा माग गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...