नेभिगेशन
समाज

भिजिट भिसा दुरुपयोग प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै रास्वपा उदयपुरको ज्ञापनपत्र

उदयपुर । रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरले भिजिट भिसाको दुरुपयोग र मानव तस्करीजस्ता गम्भीर प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेललाई ज्ञापनपत्र बुझाएको छ।

जिल्ला सभापति चित्र कार्कीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको रास्वपाको टोलीले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत संघीय सरकारको ध्यानाकर्षण गराएको हो। संघीय संसदमा रास्वपाले उठाइरहेका मुद्दालाई साथ दिँदै जिल्लामा पनि पार्टीले दबाब प्रस्तुत गरेको जनाएको छ।

CG

ज्ञापनपत्रमा हालै सार्वजनिक भइरहेका भिजिट भिसा दुरुपयोग र मानव तस्करीका घटनाहरूको प्रभावकारी छानबिनका लागि तत्काल उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ। साथै, गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरिएको छ।

ज्ञापनपत्रमा भनिएको छ, “विगत केही वर्षयता भिजिट भिसाको नाममा व्यापक मानव तस्करी तथा संगठित अपराध भइरहेको आशंका गम्भीर छ। यसमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र विभिन्न देशीय नियोगहरूको संलग्नता रहेको हुन सक्ने हुँदा बहुआयामिक अनुसन्धान आवश्यक छ।”

रास्वपाले छानबिन समितिको कार्यक्षेत्र, संरचना, अधिकार र व्यवस्थापन स्पष्टसँग निर्धारण गरी कार्यसम्पादन समितिमार्फत गठन हुनुपर्नेमा जोड दिएको छ। साथै, छानबिन प्रक्रिया पारदर्शी र समयसीमा भित्र सम्पन्न हुनुपर्ने माग राखिएको छ।

मानव तस्करीमा संलग्न दोषीहरूमाथि कानुनअनुसार कडा कारबाही हुनुपर्ने, पीडितहरूलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराइनुपर्ने, र यस विषयमा राजनीतिक तथा प्रशासनिक तहमा जवाफदेहिता आवश्यक रहेको जनाउँदै ज्ञापनपत्रमा गृहमन्त्रीको राजीनामा माग गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राजधानीका यी स्थानमा २ घण्टा काटिदैछ बिजुली

राजधानीका यी स्थानमा २ घण्टा काटिदैछ बिजुली

प्राधिकरणका अनुसार, लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिजुली कटौती हुनेछ । यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र नेपाल प्रहरी अस्पताल आसपासका...
‘मेनपावर’ जान्छु भनेर हिँडेका थिए शुभराम, बेलुका टिकटकमा खबर आयो- 'गोली लागेर मृत्यु भयाे'

‘मेनपावर’ जान्छु भनेर हिँडेका थिए शुभराम, बेलुका टिकटकमा खबर आयो- 'गोली लागेर मृत्यु भयाे'

नुवाकोटको ककनी गाउँपालिका–१, सिमटार (कागती गाउँ) निवासी २७ वर्षीय शुभराम विगतमा सवारी चालकको काम गर्थे । केही वर्षयता त्यो काम छाडेर वैदेशिक रोजगारीमा मलेसिया जाने प्रक्रियामा थिए ।...
सुनको मूल्य हालसम्मै उच्च, तोलाको २ लाख ६९ हजार ३०० पुग्यो

सुनको मूल्य हालसम्मै उच्च, तोलाको २ लाख ६९ हजार ३०० पुग्यो

गत बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६८ हजार १०० मा र चाँदी रु चार हजार ४२० मा कारोबार भएको थियो । बिहीबार दुवै धातुको मूल्यमा सामान्य...
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

महोत्सवमा इच्छाकामनाका १०० सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । यसबाट स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन हुने आयोजकको विश्वास छ ।