नेभिगेशन
मुख्य समाचार

रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी नियुक्त, प्रवक्तामा मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा कविन्द्र बुर्लाकोटी नियुक्त भएका छन् । पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर पाटी कार्यालयमा बसेको केन्द्रिय समिति बैठकले कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई महामन्त्रीमा नियुक्त गरेको हो ।

तत्कालीन महामन्त्री मुकुल ढकाल कारबाहीमा परेर पार्टीबाट निष्कासित भएपछि सो पद रिक्त थियो । पार्टीको महामन्त्रीमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई नियुक्त गरिएको सो पार्टीले जनाएको छ । 

यस्तै, पार्टीको प्रवक्तामा मनिषा झा नियुक्त भएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका झा यस अघि कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा थिए । आज बसेको केन्द्रिय समिति बैठकले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र आफूलाई प्रवक्ता नियुक्त गरेको झाले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

जब उनले हालसम्म साहदत प्राप्त गरेका प्रहरी अधिकारीहरुबारे बोल्ने चेष्टा गरे उनको गला अवरुद्ध भयो । उनी अघि बढ्न सकेनन् ।
राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र...