नेभिगेशन
समाज

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्रीको आग्रह

ललितपुर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको बहुआयामिक पक्ष भएकाले यसलाई दिनचर्या बनाउने आग्रह गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ११औँ विश्व योग दिवसमा उनले योगको सम्बन्ध मानव जाति र शान्तिसँग रहेको भन्दै योग मानव जातिको कल्याण, विश्वशान्ति, सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि मुलुकले गर्ने कार्य हो भने । 

Extreme Energy
citizen life

“योगका आठवटा सूत्रहरुमध्ये अथक योग अनुशासन आवश्यक छ, आज नेपाली समाज अनुशासनबाट टाढा छ,  अनुशासन विना ध्यान हुँदैन, असल कुरामा स्थिर हुनु नै योगको निष्कर्ष हो, बुद्धिसहितको योग आवश्यक छ,” प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले हामीले योगलाई दैनिकचर्यासँग जोडेर हरेकलाई योगी बनाउन खोजेका हौँ भन्दै आरोग्यको कुरा गर्दा खानपान, योग र आरामको सन्तुलनलाई ध्यान दिनुपर्छ भन्नेमा जोड दिए । 

“पेट भर्नका लागि हैन, स्वास्थ्यका लागि विषादीरहित खानामा ध्यान दिनुपर्छ, हामीलाई डक्टर र अस्पताल पनि चाहिन्छ, तर योग र ध्यान पनि चाहिन्छ, डक्टर चाहिन्छ धेरै डक्टर उत्पादन गर्छौं, तर डक्टरको सङ्ख्या बढाउनेभन्दा बढी रोगीहरुको सङ्ख्या घटाउनेमा ध्यान दिनुपर्छ, त्यसकारण निरोगी नेपाल सफल हुन्छ, म प्रधानमन्त्री हुने बित्तिकै निरोगी नेपालको नारा दिएँ, निरोगी नेपालको अर्थ रोग लाग्नै नदिने भनेको हो,” उनले भने । 

उनले मानिसको जीवनमा लागू गर्नुपर्ने कुरा अहिंसा, सत्य, अनुशासन र स्वस्थ्यतासहितको खुसी हो भने । “आज विश्वलाई शान्ति चाहिएको छ, हिंसा हैन अहिंसा चाहिएको छ, यही कुरा हतियारधारी र अहङ्कारीहरुले बुझिदिए भने शान्ति हुन्छ, म पवित्र भावले काम गर्छु, मौका पाएका बेला देशको सेवा गर्छु, नपाएको बेला पवित्र भावना राख्छु, योगले स्वास्थसँग, शरीरसँग, मनसँग र समाजसँग सम्बन्ध राख्छ । योग घरमै बसेर गर्न सकिन्छ आफू पवित्र रहनुस्, पवित्र सोच्नुस्, अरूको सम्पत्तिमा लोभ नगर्नुस्,” उनले भने । 

प्रधानमन्त्री ओलीले योग र ब्रह्माचार्य भनेको समाजले दिएको जैविक र मानवीय आवश्यकता नै पूरा नगर्ने भन्ने होइन भने । “समाजको मान्यताभित्र रहेर बस्नुपर्छ, कानुनभन्दा पहिला समाजले थिति बसाएको हुन्छ, ती थितिहरुलाई मानेर समाज सुखमय हुन्छ, मुटुलाई स्वस्थ्य राख्न शरीरलाई चलायमान बनाउन आवश्यक छ, त्यसका लागि योग चाहिन्छ, लापरबाह जीवन बिताएर आफू खराब हुने र भगवान्लाई दोष दिएर डक्टरकामा जानेभन्दा योग र ध्यानमा जोड दिएर खुसी जीवन बिताउनेमा ध्यान दिनुपर्छ,” उनले ने । 

उनले संयुक्त राष्ट्रसङ्घले योग दिवस मानेको यस दिनमा शुभकामना व्यक्तगरे । “नेपालका पुर्खाहरुबाट योगको सृजना भएको थियो, पुर्खा र प्रकृतिलाई हामी देवतातुल्य मान्छौँ, पानी र हावा पनि देवता हो, हामी गर्वमा हुँदा र जन्मपश्चात् पनि अक्सिजनबाट बाँचेका छौँ, जुन अदृश्य छ, हामी आकाश शान्ति र पृथ्वी शान्तिको कामना गर्छौं, योगमा शक्ति छ, पहिला शिवबाट योग प्रारम्भ भएकाले शिवलाई आदियोगी भनिन्छ, विश्वामित्रले सर्जरीको विकास गर्नुभयो, विश्वामित्रले आफ्ना नाति चरकलाई डक्टर बनाउनुभयो । चरकले आरोग्य विज्ञानको विकास गरे, विश्वामित्रको समयमा योगविज्ञानले चमत्कार ग¥यो,” प्रधानमन्त्री ओलीले भने ।

उनले आफू जेलमा हुँदा उपचारको अवसर नभएकाले दुखाइ कम गर्ने औषधि मात्रै दिइन्थ्यो भन्दै त्यही कारणले आफ्नो मिर्गौला फेल भएको प्रसङ्गमा भने, “अप्रेसन गर्नै पर्ने अवस्था चाहिँ ध्यानले मात्रै हुँदैन, योगका नियम र आसनले मात्र हुँदैन, कर्मयोगमा पनि ध्यान दिनुहोला । आरामको जिन्दगी हैन, स्वस्थ्य र खुसी जिन्दगी बाँच्न ध्यान दिनुस्, योगले यही सिकाउँछ, समय र परिवर्तन बलवान् हुन्छ ।”

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पूर्वीय चिन्तन, योग र ध्यान संसारको साझा जीवन पद्धतिका रुपमा अगाडि बढेको बताए। उनले योगभित्र लुकेका विभिन्न पक्षलाई सांस्कृतिक सम्पदाका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । मन्त्री पन्तले नेपालको हिमालय क्षेत्र नै योग र ध्यानको उद्गमस्थल भएको धारणा राख्दै विश्वमा शान्तिको आवश्यकता रहेको वर्तमान अवस्थामा योग, ध्यान र वैद्धिक साहित्यको विकास आवश्यक भएको बताए । 
    
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले योग हाम्रा लागि आफैँमा महत्वपूर्ण रहेको भन्दै पूर्ण स्वस्थ्यता आर्जन गर्न मद्दत पु¥याउने बताए । उनले योग नेपालको सांस्कृतिक र मौलिक संस्कृति भएको धारणा राखे। योगको मूल तीर्थस्थल नेपाल हो भन्ने कुरालाई विश्वभर चिनाउन तत्परताका साथ काम गर्ने बताए ।

जीवन विज्ञानका योगगुरु प्राध्यापक डाक्टर दीपक रेग्मीले विज्ञान सम्मत पद्धतिमा योग विकास हुँदै गएको बताउँदै विज्ञानले समेत योगलाई मान्यता दिइसकेको बताउ । उनले योग र ध्यान मानव जीवनका लागि अत्यन्तै फाइदाजनक भएको बताए । उनले पैसाले किन्न सकिने भौतिक सुखभन्दा शारीरिक स्वास्थ्य, आत्मशान्ति र खुसी महत्वपूर्ण भएको भन्दै त्यो योग र ध्यानबाट प्राप्त हुने धारणा राखे । 

समारोहमा जीवन विज्ञान, पतञ्जली योग, पतञ्जल योग समिति, त्रिभुवन विश्वविद्यालय योगविज्ञानका योगगुरु, योगाचार्य, योगार्थीहरु, योगाभ्यास गरिरहेका बालबालिकाहरु, ब्रह्कुमारी राजयोग समितिका व्यक्तित्वहरु, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका व्यक्तित्वहरु,सरकारका उच्चपदस्थ व्यक्तित्वको सहभागिता थियो । 

हरेक वर्ष जुन २१ मा दिन विश्व योग दिवस र हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
होर्मुज खुलाउन इरानद्वारा अस्वीकार

होर्मुज खुलाउन इरानद्वारा अस्वीकार

यसैबीच क्षेत्रीय तनाव चर्किंदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युद्धविरामलाई केही समय कायम राख्ने घोषणा गर्दै पाकिस्तानको मध्यस्थतामा शान्ति वार्तालाई अवसर दिन चाहेको बताएका छन्। इरानले भने...
सरकारका प्रवक्ताले भने– सुकुम्बासी बस्ती खाली गर्ने कुनै निर्णय भएको छैन

सरकारका प्रवक्ताले भने– सुकुम्बासी बस्ती खाली गर्ने कुनै निर्णय भएको छैन

आज बसेको मन्त्रिपरिषद्को बैठकपछि शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सुकुम्बासी बस्ती खाली गर्ने विषयमा मन्त्रिपरिषद्ले कुनै पनि निर्णय नगरेको जानकारी दिएका हुन् । उनले भने, अतिक्रमित सुकुम्बासी...
मन्त्रिपरिषद्को निर्णय: प्रहरीको जग्गा प्रहरीलाई नै

मन्त्रिपरिषद्को निर्णय: प्रहरीको जग्गा प्रहरीलाई नै

यसअघि २०७५ भदौ १ गते तत्कालीन मन्त्रिपरिषदले प्रहरी प्रतिष्ठानको उक्त जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय गरेको थियो । आजको बैठकले उक्त निर्णय उल्ट्याएको सरकारका प्रवक्ता सस्मित...
काठमाडौँमा वायु प्रदूषण बढ्यो, एयर क्वालिटी इन्डेक्स २४७ पुग्यो

काठमाडौँमा वायु प्रदूषण बढ्यो, एयर क्वालिटी इन्डेक्स २४७ पुग्यो

यस्तै, जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनले आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको र तापक्रम अझै बढ्ने सङ्केत देखिएको जानकारी दिइन् । “वर्षा नहुँदा वायुमण्डल...