नेभिगेशन
समाज

संसदमा रास्वपा र राप्रपाकाे विराेधका बिच १० मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बहिस्कारका बीच प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न १० मन्त्रालयको विनियोजन शीर्षकमाथिको समूहकृत छलफल प्रारम्भ भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै प्रतिपक्षी दलहरु रास्वपा र राप्रपाका सांसदले आसनबाट उठेर विरोध गरे । सभामुख देवराज घिमिरेले बोल्नका लागि समय दिएपछि रास्वपा सांसद सुमना श्रेष्ठले ‘भिजिट भिसा’ प्रकरणको निष्पक्ष छानबिन नभएसम्म आफूहरुको विरोध जारी रहने बताइन् । 

Ncell
Extreme Energy

“सरकारले सो सम्बन्धमा संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन समिति बनाउने प्रतिबद्धता गरेको छैन । जनताको आवाज नसुन्ने हो भने सरकार कसका लागि ? निर्बल, दुर्बलका लागि कि शक्ति भएकाका लागि ?”, उनले प्रश्न गरिन् । 

त्यसलगत्तै सभामुख घिमिरेले बैठक नियमित कार्यसूचीमा प्रवेश गर्ने घोषणा गरेपछि राप्रपाका सांसदले पनि बोल्न पाउनुपर्ने भन्दै विरोध गरे । राप्रपा सांसद रोशन कार्कीले भिजिट भिसामा ठगिएका नेपाली नागरिकको आवाज उठाउदा सरकारले नसुनेको भनी सहमति जनाइन् । उनले भिजिट भिसा प्रकरणमा अविलम्ब उच्चस्तरीय छानबिन गठन र गृहमन्त्रीको राजीनामा नआएसम्म राप्रपाको विरोध रहिरहने स्पष्ट पारिन् । 

प्रतिपक्षी दलका सांसदबाट सदनमा मर्यादित भाषा प्रयोग नगरेको र सरकारमाथि अनावश्यक आरोप लगाएको भन्दै सत्ता पक्षका सांसदले त्यसको प्रतिवाद गरे । सभामुख घिमिरेले आसनग्रहणका लागि पटकपटक आग्रह गर्दा पनि प्रतिपक्षी दलहरुको विरोध कायम रहेपछि बैठक नियमित कार्यसूचीमा प्रवेश गरेको छ । सदन कार्यसूचीमा प्रवेश गरेपछि राप्रपा सांसदहरुले बैठक बहिस्कार गरेर बाहिरिएका छन् । 

आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, स्वास्थ्य तथा जनसङ्ख्या, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको शीर्षकमाथि समूहकृत छलफल हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

मन्त्रालयका अनुसार बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले बालगृहमा पुगेर अनुगमन गरेको थियो। अनुगमनका क्रममा बालगृहको सरसफाइ अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरुम अस्वच्छ र चिप्लो अवस्थामा...
अहिलेसम्मको काम हेर्दा सरकार पाँच वर्ष टिक्ने संकेत छैनः कुलमान घिसिङ

अहिलेसम्मको काम हेर्दा सरकार पाँच वर्ष टिक्ने संकेत छैनः कुलमान घिसिङ

निराशाकै कारण व्यापारी र केही युवाहरूले आत्मदाह गर्नुपर्ने परिस्थिति बनेको भन्दै उहाले पूर्ण रूपमा नभएपनि केहि हदसम्म सरकार जिम्मेवार रहेको टिप्पणीगरे । दुई तिहाइ नजिकको सरकारले जनताको आशा...
'सुकुम्बासी' बनेर उदाएका विष्णु पौडेललाई २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा, साधारण तारेखमा रिहा

'सुकुम्बासी' बनेर उदाएका विष्णु पौडेललाई २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा, साधारण तारेखमा रिहा

पूर्वअर्थमन्त्री विष्णु पौडेल, जो पाँच पटक अर्थमन्त्री बने। उनी अर्थमन्त्री हुँदा उनको मन्त्रालय उनले नभई बिचौलिया दीपक भट्टले चलाउने गरेको खुलासा भएको छ।
बाढीपहिरोका कारण ६ राजमार्ग अवरुद्ध

बाढीपहिरोका कारण ६ राजमार्ग अवरुद्ध

नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।