नेभिगेशन
समाज

रास्वपाका तीन विभागमा प्रमुख तोकिए, कुन विभागको जिम्मेवारी कसलाई ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा शनिबार बसेको केन्द्रीय समितिको बैठकमार्फत ६ बुँदे निर्णय गरेको छ। पार्टीले देशको पछिल्लो राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण, संगठनभित्रको पुनःसंयोजन तथा नेताहरूमाथिको आरोपबारे महत्वपूर्ण निर्णयहरू लिएको जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकले संसदमा भिजिट भिसा दुरुपयोग प्रकरणमा पार्टीले उठाउँदै आएको अडानलाई दृढताका साथ प्रस्तुत गर्ने संसदीय दलप्रति आभार व्यक्त गरेको छ। साथै, ‘लुटतन्त्रको खारेजी’ र ‘सुसंस्कृत राजनीतिको संवर्द्धन’को पक्षमा संसदमा सशक्त भूमिका खेल्न निर्देशन समेत दिएको छ।

Ncell
Extreme Energy

त्यस्तै बैठकले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा जेठ १९ र असार ५ गते बसेका सचिवालय बैठकहरूबाट गरिएका निर्णयहरूलाई अनुमोदन गरेको छ। साथै संगठनभित्र रिक्त रहेका र पुनः संयोजन आवश्यक रहेका पदहरूमा नियुक्ति समेत गरेको छ । जसमा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी सह–महामन्त्री विपिनकुमार आचार्यलाई दिइएको छ भने अभियान तथा प्रचारप्रसार विभाग प्रमुखको जिम्मेवारी प्रवक्ता मनिष झालाई दिएको छ । त्यस्तै अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक प्रमुखमा उप–प्रमुख रवि किरण अधिकारी नियुक्त गरिएको छ । 

त्यस्तै पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको प्रस्तावमा कविन्द्र बुर्लाकोटीलाई औपचारिक रूपमा महामन्त्री र मनिष झालाई प्रवक्ता पदमा नियुक्त गर्ने निर्णय पनि केन्द्रीय समितिले गरेको छ।
स्थापना दिवसको सन्दर्भमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सभापति रवि लामिछानेको तर्फबाट सम्पूर्ण पार्टी सदस्य, शुभेच्छुक र नागरिकप्रति आभार प्रकट गरेका छन्। उनले पार्टी पंक्तिभित्रका गुनासाहरूलाई भुलेर एक ढिक्का भएर अगाडि बढ्नुपर्ने सन्देश पनि दिएका छन्।

 हस्ताक्षर अभियान सशक्त बनाउने

बैठकले सभापति रवि लामिछाने विरुद्ध साँधिएकाे  ‘राजनीतिक प्रतिशोध’ को विरोधमा देशभर हस्ताक्षर अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ। स्थापना दिवसकै अवसर पारेर देशभर विभिन्न कार्यक्रममार्फत अभियानलाई सँगसँगै अगाडि बढाइने जनाइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।