नेभिगेशन
समाज

रास्वपाका तीन विभागमा प्रमुख तोकिए, कुन विभागको जिम्मेवारी कसलाई ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा शनिबार बसेको केन्द्रीय समितिको बैठकमार्फत ६ बुँदे निर्णय गरेको छ। पार्टीले देशको पछिल्लो राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण, संगठनभित्रको पुनःसंयोजन तथा नेताहरूमाथिको आरोपबारे महत्वपूर्ण निर्णयहरू लिएको जनाएको छ।

बैठकले संसदमा भिजिट भिसा दुरुपयोग प्रकरणमा पार्टीले उठाउँदै आएको अडानलाई दृढताका साथ प्रस्तुत गर्ने संसदीय दलप्रति आभार व्यक्त गरेको छ। साथै, ‘लुटतन्त्रको खारेजी’ र ‘सुसंस्कृत राजनीतिको संवर्द्धन’को पक्षमा संसदमा सशक्त भूमिका खेल्न निर्देशन समेत दिएको छ।

CG

त्यस्तै बैठकले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा जेठ १९ र असार ५ गते बसेका सचिवालय बैठकहरूबाट गरिएका निर्णयहरूलाई अनुमोदन गरेको छ। साथै संगठनभित्र रिक्त रहेका र पुनः संयोजन आवश्यक रहेका पदहरूमा नियुक्ति समेत गरेको छ । जसमा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी सह–महामन्त्री विपिनकुमार आचार्यलाई दिइएको छ भने अभियान तथा प्रचारप्रसार विभाग प्रमुखको जिम्मेवारी प्रवक्ता मनिष झालाई दिएको छ । त्यस्तै अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक प्रमुखमा उप–प्रमुख रवि किरण अधिकारी नियुक्त गरिएको छ । 

त्यस्तै पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको प्रस्तावमा कविन्द्र बुर्लाकोटीलाई औपचारिक रूपमा महामन्त्री र मनिष झालाई प्रवक्ता पदमा नियुक्त गर्ने निर्णय पनि केन्द्रीय समितिले गरेको छ।
स्थापना दिवसको सन्दर्भमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सभापति रवि लामिछानेको तर्फबाट सम्पूर्ण पार्टी सदस्य, शुभेच्छुक र नागरिकप्रति आभार प्रकट गरेका छन्। उनले पार्टी पंक्तिभित्रका गुनासाहरूलाई भुलेर एक ढिक्का भएर अगाडि बढ्नुपर्ने सन्देश पनि दिएका छन्।

 हस्ताक्षर अभियान सशक्त बनाउने

बैठकले सभापति रवि लामिछाने विरुद्ध साँधिएकाे  ‘राजनीतिक प्रतिशोध’ को विरोधमा देशभर हस्ताक्षर अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ। स्थापना दिवसकै अवसर पारेर देशभर विभिन्न कार्यक्रममार्फत अभियानलाई सँगसँगै अगाडि बढाइने जनाइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...