नेभिगेशन
समाज

जब अमरेश सिंहले बजेट नदिने हो भने जिल्लाहरूलाई लिजमा दिऊँ भने...

काठमाडौँ । आइतबार निर्धारित समयभन्दा केही ढिलो गरी संसद् बैठक सुरु हुन्छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणलाई लिएर विरोध जनाउँछन् । 

Ncell
Extreme Energy

सभामुखले शून्य समयमा रास्वपा र राप्रपाका १–१ जना सांसदलाई कुरा राख्न भन्छन् । उनीहरुहले कुरा राखेपछि सभामुखले शून्य समय नरहेको जानकारी गराउँदै नियमित कार्यक्रम अघि बढाउँछन् । राप्रपाले सधैँझैँ संसद् बैठक बहिस्कार गर्छ भने रास्वपाका सांसद पनि बेल घेराउ गर्न पुग्छन् । 

त्यती हुँदाहुँदै सभामुखले विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल प्रारम्भ गर्ने बताउँछन् । उनले कार्यसूचीअनुसार बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुने जानकारी गराउँछन् र छलफलमा भाग लिन सांसद अमरेशकुमार सिंहलाई रोष्टममा बोलाउँछन् । 

त्यसपछि आफ्ना कुरा अगाडि बढाएका सांसद सिंहले सरकारले आफ्ना मन्त्री भएका जिल्लामा मात्रै बजेट थुपरेको अन्य जिल्ला शून्य रहेको भन्दै आक्रोश पोख्छन् । त्यस्तै बजेट दिन नसक्ने भए ती जिल्ला अरू देशलाई भाडामा दिन आग्रह गर्छन् । उनी भन्छन्, ‘म नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु। यी ४–५ वटा जिल्ला जुन भाग्यमानी जिल्ला छन्, त्यसलाई नेपालमा राखौँ। बाँकी ७७ जिल्लामध्ये ७२ जिल्लालाई अरू देशलाई लिजमा दिऊँ । अमेरिकालाई दिऊँ, चाइनालाई दिऊँ, भारतलाई दिऊँ। अब बजेट नै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने ?’

उनले आफूलगायत प्रतिपक्षमा रहेका सांसदका जिल्लालाई सरकारले हेपेको भन्दै आक्रोश पोखिरहेको थिए । 

त्यही समयमा नेकपा एमालेका प्रमुख सचेतकसमेत रहेका सांसद महेश बर्तौलाले नियमापत्ति जनाउँछन् । उनले भन्छन्,‘छलफलमा सहभागी हुनुभएको माननीय सदस्यले असाध्यै आपत्तिजनक विषय यो संसद्मा राख्नुभयो। विनियोजन शीर्षकमा छलफलमा उहाँ भाग लिनुभएको छ। जिल्लालाई कहीँ कतै अर्को देशमा, अमेरिका लगायत देशमा गाभिदिऊँ भनेर संसद्को रोष्ट्रमबाट भन्नुभएको छ, यो आपत्तिजनक छ । यो अभिव्यक्ति राष्ट्रघाती अभिव्यक्ति हो।’

त्यस्तै उनले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन र आगामी दिनमा त्यस्ता अभिव्यक्ति नदिन समेत गराउन समेत माग गरे । उनले भने, ‘यो रेकर्डबाट हटाउने मात्र कुरा होइन, यो मुलुकको स्वाभिमानको विरुद्धमा, सार्वभौमिकताको विरुद्धमा, राष्ट्रिय अखण्डताको विरुद्धमा एउटा सांसदले यो संसद्को रोष्ट्रमबाट यस्ता अभिव्यक्ति दिने कुरालाई कारबाहीको विषय बनाउनुपर्छ । संसदबाट सचेत गराउनुपर्छ ।’

त्यस्तै उनले सांसद अमरेशकुमार सिंहले विगतमा समेत संसद्मा अरूप्रति गालीगलौज गर्ने गरेको भन्दै थप आक्रोश पोख्छन् । ‘उहाँको अभिव्यक्ति विगतमा पनि राम्रो छैन। समानुपातिक सांसदहरूलाई पटक पटक नराम्रो गर्ने, गालीगलौज गर्ने कुरा गर्नुभएको छ। कारबाहीको विषय बनाइयोस्।’, उनी थप्छन्, ‘रुलिङ होस्, उहाँको विषय हटाइयोस्। कारबाहीको विषय बनाइयोस् ।’

उक्त नियमापत्ति जनाउँदासम्म अमरेशकुमार सिंह र सत्तापक्ष सांसदहरूको संसद्मै भनाभन चलिसकेको हुन्छ । 

सोही क्रममा सभामुख देवराज घिमिरेले संसद्मा अमरेशकुमार सिंहले दिएको अभिव्यक्ति संसदीय मर्यादा विपरीत रहेको भन्दै रेकर्डबाट हटाउन निर्देशन दिन्छन् । ‘माननीय सदस्यले आशय जे भए पनि पाँच वटा जिल्लाबाहेक अरू जिल्लालाई नाम लिएरै अरू मुलुकहरूलाई दिए हुन्छ भनेर बोल्नुभएको छ। उहाँले अरू मुलुकको नाम लिएर नेपालको भूमि दिए हुन्छ भनेर बोलेको कुरालाई संसद्मा यो असंसदीय भाषा प्रयोग भएको मानिन्छ। राष्ट्रमाथि प्रश्न खडा हुने खालको भाषा प्रयोग भयो भन्ने कुरा ध्यानमा राखिकन, यसलाई रेकर्डबाट हटाउने मैले निर्देशन गर्दछु ।’, सभामुख घिमिरेले भने । 

त्यसपछि सत्तापक्षका सांसदहरू बसेपछि रोष्ट्रममा रहेका सांसद सिंहले एमालेको सभामुख नभई संसद्को सभामुख बन्न आग्रह गरे । एमालेका सांसदले गरेको मागबमोजिम निर्देशन दिएको भन्दै उनले आक्रोश पोखे । ‘पार्टीको दलीय हैसियतले दिएको निर्देशन हामी मान्न तयार छैनौँ । सभामुखलाई एमालेले जे भन्यो भने त्यो निर्देशन हुन्छ भने ? सभामुख संसद्को हो, एमालेको होइन। अरू जिल्लामा बजेट पनि नजाने, खर्च पनि नपाउने ? अनि बोल्न पनि नपाइने ? हामी पनि जनताबाट आएको हो।’, अमरेश झोक्किए । 

त्यसपछि सभामुखले उनलाई विषयमा केन्द्रित भएर अभिव्यक्ति दिन र यदि नदिने हो भने डायस छोडेर जान निर्देशन दिन्छन् । तर अमरेशले आफू डायस पनि नछोड्ने र तल पनि नजाने बताउँछन् ।

उनी आफू कसैले टिका लगाएर दिएको पदले संसद्मा आएको नभई जनताबाट निर्वाचित भएर आएको बताउँछन् । उनले सरकारले स्वतन्त्र सांसद र रास्वपा जस्ता साना दललाई समेत नजरअन्दाज गरेर अघि बढेको बताउँछन् । 

अमरेशले आफ्नो अडान राखिरहँदा सत्तापक्षका सांसदहरू उठेर भनाभनमा उत्रिइरहेका हुन्छन् । त्यही बिचमा अमरेशले आफूले यो देश बर्बादी नबनाएको भन्दै सत्तापक्षप्रति कटाक्ष गर्छन् । 

२ पक्षको केही समयपछि भनाभनपछि सभामुखले माइक काट्दिन्छन् । त्यसपछि अमरेश आसनतर्फ जान्छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै