नेभिगेशन
समाज

पर्यटनमन्त्री भन्छन्, ‘नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल भइरहेको छ’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल भइरहेको बताएका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पाण्डेले अहिले नै नयाँ बिमान खरिद गर्नुभन्दा पनि लिजमा लिएर जहाज सञ्चालन गर्नेबारे छलफल भइरहेको बताएका हुन् । उनले हरेक बिमान खरिद गर्दा पारदर्शीताको प्रश्न र काण्डहरु आउने गरेकाले पारदर्शीतालाई सुनिश्चित गर्न संयन्त्र नै खडा गर्नुपर्ने देखिएको जिकिर गरे । 

CG

मन्त्री पाण्डेले अहिले नेपाल एयरलाइन्सको अन्तराष्ट्रिय यात्रु ल्याउने लैजाने क्षमता १० प्रतिशतमात्रै रहेको र ९० प्रतिशत यात्रु बाहिरका एयरलाइन्सबाट यात्रा गरिरहेको उल्लेख गरे । यसका कारण हवाई भाडामा एकरुपता कायम गर्न नेपाल एयरलाइन्सले मात्रै भाडा घटाएर वा बढाएर सम्भव नदेखिएको उनको भनाइ छ ।

त्यस्तै मन्त्री पाण्डेले अन्तराष्ट्रिय उडानको दुर्घटनामा यात्रुहरुले पाउनुपर्ने बीमाको रकम र स्वदेशी दुर्घटनामा परेका यात्रुहरुले पाउने बीमामा धेरै अन्तर रहेकाले त्यसलाई न्यायोचित गर्न आवश्यक कानून ल्याउने तयारी भइरहेको जानकारी दिए । छाता ऐनको रुपमा हवाई नीतिसंगै हवाई ऐनको तयारी गरिरहेको उनले बताए ।

मन्त्री पाण्डेले हवाई क्षेत्रलाई व्यवस्थित पार्ने दृष्टिकोणबाट नेपाल हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयक ल्याएको उल्लेख गरे । समितिको अर्को बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ का सम्बन्धमा विज्ञहरुसँग छलफल गर्ने समिति सभापति राजकिशोर यादवले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...