नेभिगेशन
समाज

पर्यटनमन्त्री भन्छन्, ‘नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल भइरहेको छ’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल भइरहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पाण्डेले अहिले नै नयाँ बिमान खरिद गर्नुभन्दा पनि लिजमा लिएर जहाज सञ्चालन गर्नेबारे छलफल भइरहेको बताएका हुन् । उनले हरेक बिमान खरिद गर्दा पारदर्शीताको प्रश्न र काण्डहरु आउने गरेकाले पारदर्शीतालाई सुनिश्चित गर्न संयन्त्र नै खडा गर्नुपर्ने देखिएको जिकिर गरे । 

Ncell
Extreme Energy

मन्त्री पाण्डेले अहिले नेपाल एयरलाइन्सको अन्तराष्ट्रिय यात्रु ल्याउने लैजाने क्षमता १० प्रतिशतमात्रै रहेको र ९० प्रतिशत यात्रु बाहिरका एयरलाइन्सबाट यात्रा गरिरहेको उल्लेख गरे । यसका कारण हवाई भाडामा एकरुपता कायम गर्न नेपाल एयरलाइन्सले मात्रै भाडा घटाएर वा बढाएर सम्भव नदेखिएको उनको भनाइ छ ।

त्यस्तै मन्त्री पाण्डेले अन्तराष्ट्रिय उडानको दुर्घटनामा यात्रुहरुले पाउनुपर्ने बीमाको रकम र स्वदेशी दुर्घटनामा परेका यात्रुहरुले पाउने बीमामा धेरै अन्तर रहेकाले त्यसलाई न्यायोचित गर्न आवश्यक कानून ल्याउने तयारी भइरहेको जानकारी दिए । छाता ऐनको रुपमा हवाई नीतिसंगै हवाई ऐनको तयारी गरिरहेको उनले बताए ।

मन्त्री पाण्डेले हवाई क्षेत्रलाई व्यवस्थित पार्ने दृष्टिकोणबाट नेपाल हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयक ल्याएको उल्लेख गरे । समितिको अर्को बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ का सम्बन्धमा विज्ञहरुसँग छलफल गर्ने समिति सभापति राजकिशोर यादवले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सिंहदरबारमा विपक्षी दलहरूको बैठक

सिंहदरबारमा विपक्षी दलहरूको बैठक

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा कांग्रेसहित नेकपा एमाले, नेकपा र श्रम संस्कृति पार्टीका नेताहरू सहभागी छन् ।
सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पूर्वाधार अदालत (न्यायाधीकरण) गठनसम्बन्धी विधेयकको मस्यौदा तयार पारेकी छिन् ।
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम...