नेभिगेशन
समाज

२०४६ पछिका सत्तासीनहरूको सम्पत्ति छानबिन गर्न आयोग बनाउनुपर्छ: महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले शक्तिशाली छानबिन आयोग बनाएर २०४६ को जनआन्दोलनपछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल विद्यार्थी सङ्घ दोलखा काठमाडौँ सम्पर्क समितिले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले देशले विश्वास गरेको व्यक्तिको नेतृत्वमा शक्तिशाली छानबिन आयोग बनाएर २०४६ पछि विभिन्न तहमा रहेका प्रत्येक व्यक्तिको सम्पत्ति छानबिन गर्ने जिम्मेवारी दिनुपर्ने बताए ।

Ncell
Extreme Energy

छानबिन गर्दा जो–जो परे पनि त्यसलाई स्वीकार गर्छौँ भनेर कांग्रेसले भन्न सके मात्रै अहिलेको पुस्ताले कांग्रेसलाई विश्वास गर्ने उनले बताए । थापाले अहिलेका पुस्ताहरूको गुनासोलाई सम्बोधन नगरेसम्म उनीहरुकोबीचमा जान नसक्ने धारणा राखे । उनले जुनसुकै कुरामा चित्त नबुझे पनि अव उपरान्त विश्वविद्यालयमा तालाबन्दी नगर्ने, कालो मोसो नदल्ने, तोडफोड नगर्ने सङ्कल्प नेविसंघले गर्नुपर्ने उल्लेख गरे ।

थापाले नयाँ पुस्ताले मुलुकको नेतृत्वमा नयाँ मान्छे र नयाँ दृष्टिकोण खोजिरहेको बताए । अबको निर्वाचनमा नयाँ पुस्ता नै निर्णायक शक्ति रहेकाले उनीहरूको भावनालाई बुझ्दै पार्टी अघि बढ्नुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै