नेभिगेशन
मुख्य समाचार

खैरो हिरोइनसहित दुई जना पक्राउ

झापा । झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।   

CG

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर नगरपालिका–५ स्थित भन्सार चोकमा बागमती प्रदेश ०१–०३० च ७७९३ नं को को नेटा कम्पनीको नीलो रङको कारको चालक बस्ने सिटमुनि लुकाएको अवस्थामा खैरो हिरोइन ४७ दशमलव ६९ ग्राम खैरो हिरोइन बरामद गरेको हो । उनका अनुसार पक्राउ पर्नेमा काठमाडौैँ महानगरपालिका–२६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका– ७ बस्ने २२ वर्षीय रोजिना रानामगर रहेका छन् । 

पक्राउ परेका दुवै जनालाई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद लिइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

सडक डिभिजन कार्यालय हेटौंडाले सडकको दायाँबायाँ २५/२५ मिटर विस्तारका लागि घरटहरा हटाउन २०७६, २०८०, २०८२ मा पटकपटक सूचना जारी गर्ने गरेको थियो । तर स्थानीय घरधनीहरुले त्यस विरुद्ध...
राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

जेनजी आन्दोलन पछिको राजनीतिक संक्रमणका बेला पुराना दलहरुमा ठूलो बिग्रह र पुस्तान्तरणको क्रम चलिरहेको छ । केही दलहरु तिब्र एकीकरण र खारेजीमा गइरहँदा रवि नेतृत्वको रास्वपा भने एकढिक्का...
भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

पोखराको जीतमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच छक्का र चार चौकाको सहयोगमा ६५ रन बनाए । प्रतियोगितामा पहिलो पटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन जोडे...