नेभिगेशन
मुख्य समाचार

८४ मा प्रकाशमान र विष्णु पौडेलले चुनाव हारुन भन्दै कांग्रेस सांसदको संसदमै प्रार्थना

काठमाडौँ । सत्तारु‌ढ दल नेपाली कांग्रेसका सांसद एवम् पूर्व उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले उपप्रधान तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंह र अर्थमन्त्री विष्णु पौडेलले २०८४ को चुनाव हारुन भन्दै संसदमै प्रार्थना गरेका छन् । आइतबारको संसदमा सांसद तामाङले बजेट विनियोजनमा सिंह र पौडेलले आफ्ना निर्वाचन क्षेत्रमात्र केन्द्रित गरेको र अन्य ठाउँलाई अन्याय गरेको भन्दै उनले सो प्रार्थना गरेका हुन् । 

दुई उपप्रधानमन्त्रीहरु देशको उपप्रधानमन्त्री नभएर काठमाडौँ र रुपन्देहीको मात्र रहेको जस्तो गरि बजेट बिनियोजन गरिएको उनको गुनासो छ । सोही गुनासो राख्ने क्रममा उनले देशवासीमाथि अन्याय गर्ने मन्त्रीहरु ८४ मा संसदमा नआउन भन्दै पशुपतिनाध र बुद्धलाई सम्झँदै प्रार्थना गरेका हुन् । उनले भने, ‘बुद्ध भगवान र पशुपतिनाथसँग सम्झेर, यो किताब (बजेट)लाई ढोगेर २०८४ को चुनावमा यी दुईवटै उपप्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा बुद्ध भगवान र पशुपितिनाथसँग प्रार्थना गर्छु ।’
सांसद तामाङले उपप्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयका २०७ योजना काठमाडौँ जिल्लामा मात्रै राखेको गुनासो गरेका थिए । 

CG

त्यस्तै उनले उपप्रधान तथा अर्थमन्त्री पौडेलले रास्वपासँग थोरै मतले मात्रै जितेर आएको र अर्को चुनावमा आफूले चुनौती दिने बताए । ‘म पनि रुपन्देहीमा हुर्किएर आएको मान्छे हो। हाम्रो पनि त्यहाँ साथी छन् ।’उनले भने, ‘अर्थमन्त्रीज्यू, तपाईं कांग्रेसको फेला नपरेको हो। घण्टीलाई ६८३ मतले मात्रै जित्नुभएको हो। सबैको रिपोर्ट लिएर बसेका छौं।’

आफ्नै पार्टीका उपप्रधामन्त्री सिंहबारे आफूले महाधिवेशनमा समेत प्रश्न उठाउने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५...
निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ ।