नेभिगेशन
समाज

८४ मा प्रकाशमान र विष्णु पौडेलले चुनाव हारुन भन्दै कांग्रेस सांसदको संसदमै प्रार्थना

काठमाडौँ । सत्तारु‌ढ दल नेपाली कांग्रेसका सांसद एवम् पूर्व उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले उपप्रधान तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंह र अर्थमन्त्री विष्णु पौडेलले २०८४ को चुनाव हारुन भन्दै संसदमै प्रार्थना गरेका छन् । आइतबारको संसदमा सांसद तामाङले बजेट विनियोजनमा सिंह र पौडेलले आफ्ना निर्वाचन क्षेत्रमात्र केन्द्रित गरेको र अन्य ठाउँलाई अन्याय गरेको भन्दै उनले सो प्रार्थना गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुई उपप्रधानमन्त्रीहरु देशको उपप्रधानमन्त्री नभएर काठमाडौँ र रुपन्देहीको मात्र रहेको जस्तो गरि बजेट बिनियोजन गरिएको उनको गुनासो छ । सोही गुनासो राख्ने क्रममा उनले देशवासीमाथि अन्याय गर्ने मन्त्रीहरु ८४ मा संसदमा नआउन भन्दै पशुपतिनाध र बुद्धलाई सम्झँदै प्रार्थना गरेका हुन् । उनले भने, ‘बुद्ध भगवान र पशुपतिनाथसँग सम्झेर, यो किताब (बजेट)लाई ढोगेर २०८४ को चुनावमा यी दुईवटै उपप्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा बुद्ध भगवान र पशुपितिनाथसँग प्रार्थना गर्छु ।’
सांसद तामाङले उपप्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयका २०७ योजना काठमाडौँ जिल्लामा मात्रै राखेको गुनासो गरेका थिए । 

Ncell
Extreme Energy

त्यस्तै उनले उपप्रधान तथा अर्थमन्त्री पौडेलले रास्वपासँग थोरै मतले मात्रै जितेर आएको र अर्को चुनावमा आफूले चुनौती दिने बताए । ‘म पनि रुपन्देहीमा हुर्किएर आएको मान्छे हो। हाम्रो पनि त्यहाँ साथी छन् ।’उनले भने, ‘अर्थमन्त्रीज्यू, तपाईं कांग्रेसको फेला नपरेको हो। घण्टीलाई ६८३ मतले मात्रै जित्नुभएको हो। सबैको रिपोर्ट लिएर बसेका छौं।’

आफ्नै पार्टीका उपप्रधामन्त्री सिंहबारे आफूले महाधिवेशनमा समेत प्रश्न उठाउने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै