नेभिगेशन
मुख्य समाचार

शव जलाउने मेसिन खरिदमा समेत भ्रष्टाचार, पशुपति विकास कोषका सदस्यसचिवसहित १६ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । पशुपति क्षेत्रका लागि शव जलाउने विद्युतीय मेसिन (फर्नेस) खरिदमा ठूलो आर्थिक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित १६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आइतबार विशेष अदालतमा १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको हो। कुल साढे १० करोड रुपैयाँ बराबरको बिगो कायम गरी आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
अख्तियारले कोषका सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, तत्कालीन निमित्त सदस्यसचिव राजुकुमार खत्री, इन्जिनियर पशुपति ठाकुर, निमित्त उपनिर्देशक सीताराम रसेल, उपनिर्देशक रेवतीरमण अधिकारी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, इन्जिनियर रमेश पुरी, इन्जिनियर डेनिस उप्रेती, कानुनी सल्लाहकार लैनकुमार थापा लगायतलाई प्रतिवादी बनाएको छ।

CG

त्यस्तै, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका इलेक्ट्रिकल विभागका उपप्राध्यापक युवराज अधिकारी, म्याप इन्टरप्रेनर्स प्रालिका सञ्चालक मनोज पुरी र यदुनन्दन भट्टराई, एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सलटेन्सी प्रालिका सञ्चालक सुरज चापागाईंविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

कोषले शव जलाउने चारवटा विद्युतीय मेसिन खरिदका लागि आर्थिक वर्ष २०८० असोजमा म्याप इन्टरप्रेनर्स प्रालिसँग सम्झौता गरेको थियो। सम्झौता अनुसार दुईवटा मेसिन पाँच करोड ६५ लाख रुपैयाँमा खरिद भई २०८० सालमै जडान गरिएका थिए। तर, ठेकेदार र कोषका पदाधिकारीबीच कमिसनको विषयमा सहमति नमिल्दा भुक्तानी प्रक्रिया रोकिएको अख्तियारको दाबी छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

सडक डिभिजन कार्यालय हेटौंडाले सडकको दायाँबायाँ २५/२५ मिटर विस्तारका लागि घरटहरा हटाउन २०७६, २०८०, २०८२ मा पटकपटक सूचना जारी गर्ने गरेको थियो । तर स्थानीय घरधनीहरुले त्यस विरुद्ध...
राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

जेनजी आन्दोलन पछिको राजनीतिक संक्रमणका बेला पुराना दलहरुमा ठूलो बिग्रह र पुस्तान्तरणको क्रम चलिरहेको छ । केही दलहरु तिब्र एकीकरण र खारेजीमा गइरहँदा रवि नेतृत्वको रास्वपा भने एकढिक्का...
भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

पोखराको जीतमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच छक्का र चार चौकाको सहयोगमा ६५ रन बनाए । प्रतियोगितामा पहिलो पटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन जोडे...