नेभिगेशन
समाज

शव जलाउने मेसिन खरिदमा समेत भ्रष्टाचार, पशुपति विकास कोषका सदस्यसचिवसहित १६ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । पशुपति क्षेत्रका लागि शव जलाउने विद्युतीय मेसिन (फर्नेस) खरिदमा ठूलो आर्थिक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित १६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले आइतबार विशेष अदालतमा १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको हो। कुल साढे १० करोड रुपैयाँ बराबरको बिगो कायम गरी आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
अख्तियारले कोषका सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, तत्कालीन निमित्त सदस्यसचिव राजुकुमार खत्री, इन्जिनियर पशुपति ठाकुर, निमित्त उपनिर्देशक सीताराम रसेल, उपनिर्देशक रेवतीरमण अधिकारी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, इन्जिनियर रमेश पुरी, इन्जिनियर डेनिस उप्रेती, कानुनी सल्लाहकार लैनकुमार थापा लगायतलाई प्रतिवादी बनाएको छ।

Ncell
Extreme Energy

त्यस्तै, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका इलेक्ट्रिकल विभागका उपप्राध्यापक युवराज अधिकारी, म्याप इन्टरप्रेनर्स प्रालिका सञ्चालक मनोज पुरी र यदुनन्दन भट्टराई, एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सलटेन्सी प्रालिका सञ्चालक सुरज चापागाईंविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

कोषले शव जलाउने चारवटा विद्युतीय मेसिन खरिदका लागि आर्थिक वर्ष २०८० असोजमा म्याप इन्टरप्रेनर्स प्रालिसँग सम्झौता गरेको थियो। सम्झौता अनुसार दुईवटा मेसिन पाँच करोड ६५ लाख रुपैयाँमा खरिद भई २०८० सालमै जडान गरिएका थिए। तर, ठेकेदार र कोषका पदाधिकारीबीच कमिसनको विषयमा सहमति नमिल्दा भुक्तानी प्रक्रिया रोकिएको अख्तियारको दाबी छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै