नेभिगेशन
मुख्य समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पको विवादास्पद अभिव्यक्ति : ‘इरानमा सत्ता परिवर्तन आवश्यक’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तनको वकालत गरेका छन्। सोमबार बिहान आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मा उनले लेखेका छन्, “सत्ता परिवर्तनको कुरा राजनीतिक रूपमा ठिक मानिँदैन। तर वर्तमान इरानी सरकारले इरानलाई फेरि महान् बनाउन सक्षम छैन भने किन सत्ता परिवर्तन नगर्ने? इरानलाई फेरि महान् बनाउनुहोस्।”

राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्तिले अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा खैलाबैला मच्चिएको छ। उनका आलोचकहरूले यसलाई ‘अनावश्यक उक्साहट’ भनेका छन् भने समर्थकहरू ट्रम्पको स्पष्टवादिता भन्दै समर्थन गरिरहेका छन्।

तर ट्रम्पको भनाइसँगै अमेरिकी प्रशासनभित्र भने फरक धारणा देखिएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानका आणविक अड्डाहरूमा गरिएको हालको आक्रमण सत्ता परिवर्तनका लागि नभएको स्पष्ट पारे। उनले भने, “यो मिसन शक्ति परिवर्तनका लागि होइन। न त अहिले त्यस्तो कुनै नै उद्देश्य छ।”

त्यसैगरी उपराष्ट्रपति जेडी भान्सले पनि आइतबार एबीसी न्युजसँग कुरा गर्दै इरानमाथिको हालको कदम केवल आणविक खतरा न्यूनीकरणका लागि गरिएको बताए। “सबैभन्दा पहिले हामी शक्ति परिवर्तन चाहँदैनौँ। केवल हामी इरानको आणविक कार्यक्रम समाप्त गर्न चाहन्छौँ,” उनले प्रष्ट पारे।

शनिबार राति अमेरिकी सेनाले इरानका तीन प्रमुख आणविक अड्डा — फोर्डो, नातान्ज र इस्फहानमा आक्रमण गरेको थियो। अमेरिकी अधिकारीहरूले उक्त हमला ‘सावधानीपूर्वक नियोजित’ भनेका छन् भने इरानले हमलाबाट ठूलो क्षति नभएको दाबी गरेको छ।

हाल इरानमा सर्वोच्च नेता अयातोल्लाह अली खामेनी तीन दशकभन्दा बढी समयदेखि सत्ता सम्हालिरहेका छन्। ट्रम्पको अभिव्यक्तिले खामेनी नेतृत्वविरुद्ध अमेरिका फेरि कडा लाइनमा गइरहेको संकेत देखिएको छ।

विश्लेषकहरूका अनुसार ट्रम्पको यस्तो भनाइले क्षेत्रीय तनाव थप बढ्न सक्ने सम्भावना रहेको छ। अब हेर्न बाँकी छ, अमेरिकी नीति वास्तवमै ट्रम्पको भनाइतर्फ मोडिन्छ कि होइन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

जब उनले हालसम्म साहदत प्राप्त गरेका प्रहरी अधिकारीहरुबारे बोल्ने चेष्टा गरे उनको गला अवरुद्ध भयो । उनी अघि बढ्न सकेनन् ।
राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र...