नेभिगेशन
समाज

अमेरिकी राष्ट्रपति ट्रम्पको विवादास्पद अभिव्यक्ति : ‘इरानमा सत्ता परिवर्तन आवश्यक’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तनको वकालत गरेका छन्। सोमबार बिहान आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मा उनले लेखेका छन्, “सत्ता परिवर्तनको कुरा राजनीतिक रूपमा ठिक मानिँदैन। तर वर्तमान इरानी सरकारले इरानलाई फेरि महान् बनाउन सक्षम छैन भने किन सत्ता परिवर्तन नगर्ने? इरानलाई फेरि महान् बनाउनुहोस्।”

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्तिले अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा खैलाबैला मच्चिएको छ। उनका आलोचकहरूले यसलाई ‘अनावश्यक उक्साहट’ भनेका छन् भने समर्थकहरू ट्रम्पको स्पष्टवादिता भन्दै समर्थन गरिरहेका छन्।

Ncell
Extreme Energy

तर ट्रम्पको भनाइसँगै अमेरिकी प्रशासनभित्र भने फरक धारणा देखिएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानका आणविक अड्डाहरूमा गरिएको हालको आक्रमण सत्ता परिवर्तनका लागि नभएको स्पष्ट पारे। उनले भने, “यो मिसन शक्ति परिवर्तनका लागि होइन। न त अहिले त्यस्तो कुनै नै उद्देश्य छ।”

त्यसैगरी उपराष्ट्रपति जेडी भान्सले पनि आइतबार एबीसी न्युजसँग कुरा गर्दै इरानमाथिको हालको कदम केवल आणविक खतरा न्यूनीकरणका लागि गरिएको बताए। “सबैभन्दा पहिले हामी शक्ति परिवर्तन चाहँदैनौँ। केवल हामी इरानको आणविक कार्यक्रम समाप्त गर्न चाहन्छौँ,” उनले प्रष्ट पारे।

शनिबार राति अमेरिकी सेनाले इरानका तीन प्रमुख आणविक अड्डा — फोर्डो, नातान्ज र इस्फहानमा आक्रमण गरेको थियो। अमेरिकी अधिकारीहरूले उक्त हमला ‘सावधानीपूर्वक नियोजित’ भनेका छन् भने इरानले हमलाबाट ठूलो क्षति नभएको दाबी गरेको छ।

हाल इरानमा सर्वोच्च नेता अयातोल्लाह अली खामेनी तीन दशकभन्दा बढी समयदेखि सत्ता सम्हालिरहेका छन्। ट्रम्पको अभिव्यक्तिले खामेनी नेतृत्वविरुद्ध अमेरिका फेरि कडा लाइनमा गइरहेको संकेत देखिएको छ।

विश्लेषकहरूका अनुसार ट्रम्पको यस्तो भनाइले क्षेत्रीय तनाव थप बढ्न सक्ने सम्भावना रहेको छ। अब हेर्न बाँकी छ, अमेरिकी नीति वास्तवमै ट्रम्पको भनाइतर्फ मोडिन्छ कि होइन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै