नेभिगेशन
समाज

प्रतिनिधि सभाको छैटौं अधिवेशनअन्तर्गतको ३७ औं बैठक, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्रीहरु

काठमाडौँ । प्रतिनिधि सभाको छैटौं अधिवेशनअन्तर्गत ३७ औं बैठक सोमबार बिहान ११ बजे बस्दैछ। बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत बजेटमा उठेका प्रश्नहरूको मन्त्रीहरूबाट जवाफ र स्पष्टीकरण दिने कार्यक्रम रहेको छ।

असार ५ गतेदेखि सुरु भएको मन्त्रालयगत बजेट छलफलपछि आजदेखि सम्बन्धित मन्त्रीहरूले सांसदहरूका जिज्ञासामा उत्तर दिने भएका हुन् । 

City Express

आजको कार्यसूचीमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, रक्षा मन्त्री मानवीर राई, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी लगायतका मन्त्रीहरूले जवाफ दिनेछन् । 

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी पनि आजै बजेट सम्बन्धी प्रश्नको जवाफ दिनेछन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदार भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानी मन्त्री प्रदीप यादव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त पनि बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेछन् । 

यस्तै, परराष्ट्र मन्त्री डा. आरजु राणा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, गृह मन्त्री रमेश लेखक र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।
निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले...