नेभिगेशन
समाज

प्रतिनिधि सभाको छैटौं अधिवेशनअन्तर्गतको ३७ औं बैठक, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्रीहरु

काठमाडौँ । प्रतिनिधि सभाको छैटौं अधिवेशनअन्तर्गत ३७ औं बैठक सोमबार बिहान ११ बजे बस्दैछ। बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत बजेटमा उठेका प्रश्नहरूको मन्त्रीहरूबाट जवाफ र स्पष्टीकरण दिने कार्यक्रम रहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

असार ५ गतेदेखि सुरु भएको मन्त्रालयगत बजेट छलफलपछि आजदेखि सम्बन्धित मन्त्रीहरूले सांसदहरूका जिज्ञासामा उत्तर दिने भएका हुन् । 

Ncell
Extreme Energy

आजको कार्यसूचीमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, रक्षा मन्त्री मानवीर राई, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी लगायतका मन्त्रीहरूले जवाफ दिनेछन् । 

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी पनि आजै बजेट सम्बन्धी प्रश्नको जवाफ दिनेछन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदार भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानी मन्त्री प्रदीप यादव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त पनि बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेछन् । 

यस्तै, परराष्ट्र मन्त्री डा. आरजु राणा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, गृह मन्त्री रमेश लेखक र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै