नेभिगेशन
समाज

रास्वपाले संसदमा मन्त्रीहरुको जवाफ नसुन्ने, गर्यो बहिस्कार

काठमाडौँ । भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतेयता निरन्तर संसदमा प्रदर्शन गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारको संसद बैठक बहिस्कार गरेको छ । आफूहरुले जनताको आवाज सुनाउन खोज्दा संसदमा बेवास्ता भएको तर अवरोधकै बिच मन्त्रीहरुले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने भएपछि रास्वपाले संसद बहिस्कार गर्ने जनाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदको कार्यसूचीमा आज मन्त्रीहरुले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो । सोही कार्यसूचीमा भाग लिन मन्त्रीहरु संसद बैठकमा पुगेपछि रास्वपाका सांसदहरुले आफूहरुले उक्त बैठकमा नबस्ने र संसद बैठक बहिस्कार गर्ने बताउँदै बैठक बहिस्कार गरेका हुन् । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै