नेभिगेशन
मुख्य समाचार

भारतका पूर्वराष्ट्रपतिसँग रास्वपा सांसद हरि ढकाल र सोविता गौतमको भेट

काठमाडौँ । रास्वपा सांसद हरि ढकाल, सोविता गौतम र भारतका पूर्वउपराष्ट्रपति एम. वेंकैया नायडूबीच भेटवार्ता भएको छ । प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्न भारतको कर्नाटक राज्य पुगेकाबेला सांसदद्वय र पूर्वउपराष्ट्रपतिबिच आइतबार बैंगलोरमा भेट भएको हो । 

भेटका क्रममा भारतमा रहेका प्रवासी नेपालीहरूको अवस्था, समस्या, नेपाल–भारत सम्बन्धका विविध आयामहरू तथा दीर्घकालीन संरचित समन्वय आवश्यकताका विषयहरूमा छलफल भएको सांसद सोविता गौतमले जानकारी दिइन् । 

‘हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको मूल दृष्टिकोण, राजनीतिक उद्देश्य र अभियानका बारेमा समेत संक्षिप्त जानकारी गरायौँ ।
यो भेटवार्ता पूर्णतः अनौपचारिक प्रकृतिको थियो ।’ सांसद गौतमले भनिन् । 

सांसद गौतमले भारतीय पूर्व राष्ट्रपतिको आत्मीयता, अनुभव र विचारप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै यस्ता संवादहरूले क्षेत्रीय सहकार्य, आपसी समझदारी र जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्‍याउने बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

आयोगका अनुसार निरौलाले भारतको विहार संस्कृत शिक्षाबोर्ड, पटनाबाट जारी भएको माध्यमिक तहको परीक्षा उत्तीर्ण प्रमाणपत्र पेस गरी सो विद्यालयमा प्राथमिक तहको शिक्षिका पदका लागि नियुक्ति लिएका थिए ।...
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उनले भने, “जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो । जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य...
प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

तीस वर्षे सेवा पूरा गरी आजदेखि अनिवार्य अवकाशमा जान लागेका खापुङलाई गृह मन्त्रालयमा बिदाइ गर्दै गृहमन्त्रीले अवकाश जीवनपछि पनि उनको अनुभव राष्ट्रलाई खाँचो रहेको बताए ।  उनले भने,...
नेकपाको हामीले जुन आकांक्षा राखेका थियौं, त्यसलाई ओलीले धराशायी बनाइ दिएः भीम रावल

नेकपाको हामीले जुन आकांक्षा राखेका थियौं, त्यसलाई ओलीले धराशायी बनाइ दिएः भीम रावल

बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा रावलले ओलीकै कारण कम्युनिष्ट पार्टी पटक–पटक बिभाजन भएको भन्दै अव ओलीले कम्युनिष्ट पार्टीलाई अघि बढाउन नसक्ने बताएका हुन । उनले भने, ‘नेकपाको...