नेभिगेशन
समाज

पार्टी स्थापना दिवसको अवसरमा रास्वपा युएईद्वारा श्रमिक संवाद तथा शुभकामना कार्यक्रम सम्पन्न

दुबई । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) को तेस्रो स्थापना दिवसको अवसरमा युएईमा श्रमिक संवाद तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। प्रवास नेपाली सम्पर्क विभाग, युएईद्वारा आयोजित कार्यक्रममा ५०० भन्दा बढी प्रवासी नेपालीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमका प्रमुख अतिथिका रुपमा पार्टीका कार्यवहाक सभापति डोलप्रसाद अर्याल उपस्थित भएका थिए । साथै, सो कार्यक्रममा रास्वपा गैरआवासीय विभागका उपप्रमुख डा. प्रणय राणा, सम्पर्क विभाग केन्द्रका सचिव पन्ती पदमराज, तथा पर्यटन व्यवसायी तथा नेता सुमन पाण्डे पनि उपस्थित रहेका थिए । 

सो कार्यक्रममा उपस्थित श्रमिक तथा सहभागीहरूले आफ्ना पीडा र चुनौतीहरू साझा गरेका थिए । उपस्थित श्रमिकहरूले आफ्ना समस्याहरू सिधै नेताहरूको सामु राख्न पाउँदा उत्साहित देखिएका थिए । उनीहरुका समस्यालाई अर्यालले गम्भीर रूपमा लिँदै समाधानका लागि पार्टीको प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले युएईमा कार्यरत नेपाली श्रमिकहरूको विविध समस्याहरू चासो व्यक्त गर्दै ती समस्याहरूको समाधानका लागि रास्वपा सदैव जिम्मेवार रहने बताए । 

आइतबार आयोजना गरिएको सो कार्यक्रममा नेपाली महावाणिज्यदूतावास, दुबईका उपमहावाणिज्यदूतको उपस्थिति रहेका कारण नेपालीहरुले भोग्ने गरेका समस्या समाधान र न्यूनिकरण हुने सहभागीहरुको विश्वास छ । 
कार्यक्रममा विभिन्न संघसंस्था, समाजसेवी, व्यवसायिक प्रतिनिधि र रास्वपाप्रति आस्था राख्ने प्रवासी नेपालीहरूको सहभागिता रहेको थियो। 

कार्यक्रमको समापनमा आयोजक प्रवास नेपाली सम्पर्क विभाग, युएईले सहभागी, अतिथि र संस्थाहरूलाई धन्यवाद दिँदै प्रवासी नेपालीका मुद्दा सम्बोधन गर्न अझ प्रभावकारी कार्यक्रमहरू आयोजना गर्ने प्रतिवद्धता जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...