नेभिगेशन
समाज

पार्टी स्थापना दिवसको अवसरमा रास्वपा युएईद्वारा श्रमिक संवाद तथा शुभकामना कार्यक्रम सम्पन्न

दुबई । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) को तेस्रो स्थापना दिवसको अवसरमा युएईमा श्रमिक संवाद तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। प्रवास नेपाली सम्पर्क विभाग, युएईद्वारा आयोजित कार्यक्रममा ५०० भन्दा बढी प्रवासी नेपालीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रमका प्रमुख अतिथिका रुपमा पार्टीका कार्यवहाक सभापति डोलप्रसाद अर्याल उपस्थित भएका थिए । साथै, सो कार्यक्रममा रास्वपा गैरआवासीय विभागका उपप्रमुख डा. प्रणय राणा, सम्पर्क विभाग केन्द्रका सचिव पन्ती पदमराज, तथा पर्यटन व्यवसायी तथा नेता सुमन पाण्डे पनि उपस्थित रहेका थिए । 

Ncell
Extreme Energy

सो कार्यक्रममा उपस्थित श्रमिक तथा सहभागीहरूले आफ्ना पीडा र चुनौतीहरू साझा गरेका थिए । उपस्थित श्रमिकहरूले आफ्ना समस्याहरू सिधै नेताहरूको सामु राख्न पाउँदा उत्साहित देखिएका थिए । उनीहरुका समस्यालाई अर्यालले गम्भीर रूपमा लिँदै समाधानका लागि पार्टीको प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले युएईमा कार्यरत नेपाली श्रमिकहरूको विविध समस्याहरू चासो व्यक्त गर्दै ती समस्याहरूको समाधानका लागि रास्वपा सदैव जिम्मेवार रहने बताए । 

आइतबार आयोजना गरिएको सो कार्यक्रममा नेपाली महावाणिज्यदूतावास, दुबईका उपमहावाणिज्यदूतको उपस्थिति रहेका कारण नेपालीहरुले भोग्ने गरेका समस्या समाधान र न्यूनिकरण हुने सहभागीहरुको विश्वास छ । 
कार्यक्रममा विभिन्न संघसंस्था, समाजसेवी, व्यवसायिक प्रतिनिधि र रास्वपाप्रति आस्था राख्ने प्रवासी नेपालीहरूको सहभागिता रहेको थियो। 

कार्यक्रमको समापनमा आयोजक प्रवास नेपाली सम्पर्क विभाग, युएईले सहभागी, अतिथि र संस्थाहरूलाई धन्यवाद दिँदै प्रवासी नेपालीका मुद्दा सम्बोधन गर्न अझ प्रभावकारी कार्यक्रमहरू आयोजना गर्ने प्रतिवद्धता जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै