नेभिगेशन
समाज

इरानमा १६ जना नेपाली, ११ जना उद्धारको क्रममा, ५ जना जेलमा

काठमाडौँ । इजरायलसँग युद्धरत इरानमा हाल १६ जना नेपाली रहेको परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बताएकी छिन् । सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सो विषय जानकारी गराएकी हुन् । 

मन्त्री राणाका अनुसार १६ जना नेपालीमध्ये बाहिर रहेका ११ जना मसाद भन्ने स्थानमा रहेका छन् । उनीहरुलाई भारत सरकारको सहयोगमा उद्धार गर्ने तयारी रहेको परराष्ट्रमन्त्री राणाले बताइन् । उनले भनिन्, ‘हामीले भारतलाई आग्रह गरेका थियौं। भारतीय नागरिकसँगै ती ११ नेपालीलाई पनि मंगलबारसम्म भारत ल्याउने व्यवस्था मिलाइएको छ।’

CG

११ जनामध्ये एकजनाको ट्राभल डकुमेन्ट नहुँदा नयाँ कागजात बनाउन प्रक्रिया सुरु भएको र त्यसपछि उनी पनि उद्धार हुने जानकारी पनि उनले दिइन्।

त्यस्तै, ५ जना नेपाली गैरकानूनी रूपमा इरान पुगेको र हाल त्यहाँको जेलमा रहेको उनले बताइन् । उनीहरुको उद्धारका लागि पनि पहल भइरहेको मन्त्री राणाले संसदलाई जानकारी दिइन्। ‘हामी प्रयास गर्दैछौं, कसरी छुटाउन सकिन्छ भनेर हेर्दैछौं,’ उनले भनिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...