नेभिगेशन
समाज

इरानमा १६ जना नेपाली, ११ जना उद्धारको क्रममा, ५ जना जेलमा

काठमाडौँ । इजरायलसँग युद्धरत इरानमा हाल १६ जना नेपाली रहेको परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बताएकी छिन् । सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सो विषय जानकारी गराएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री राणाका अनुसार १६ जना नेपालीमध्ये बाहिर रहेका ११ जना मसाद भन्ने स्थानमा रहेका छन् । उनीहरुलाई भारत सरकारको सहयोगमा उद्धार गर्ने तयारी रहेको परराष्ट्रमन्त्री राणाले बताइन् । उनले भनिन्, ‘हामीले भारतलाई आग्रह गरेका थियौं। भारतीय नागरिकसँगै ती ११ नेपालीलाई पनि मंगलबारसम्म भारत ल्याउने व्यवस्था मिलाइएको छ।’

Ncell
Extreme Energy

११ जनामध्ये एकजनाको ट्राभल डकुमेन्ट नहुँदा नयाँ कागजात बनाउन प्रक्रिया सुरु भएको र त्यसपछि उनी पनि उद्धार हुने जानकारी पनि उनले दिइन्।

त्यस्तै, ५ जना नेपाली गैरकानूनी रूपमा इरान पुगेको र हाल त्यहाँको जेलमा रहेको उनले बताइन् । उनीहरुको उद्धारका लागि पनि पहल भइरहेको मन्त्री राणाले संसदलाई जानकारी दिइन्। ‘हामी प्रयास गर्दैछौं, कसरी छुटाउन सकिन्छ भनेर हेर्दैछौं,’ उनले भनिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै