नेभिगेशन
समाज

जलविद्युत तथा प्रसारण क्षेत्रमा निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ: उर्जामन्त्री

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जलविद्युत तथा प्रसारण क्षेत्रमा निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदैं मन्त्री खड्काले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्यलाई पुरा गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने समेत बताए । उनले विद्युत् प्राधिकरणको राय सुझावको आधारमा ‘टेक अर पे’ व्यवस्था संशोधनका लागि अर्थ मन्त्रालयमा पत्र नै पठाइएको जानकारी दिए । 

Ncell
Extreme Energy

नेपालले बिजुली निर्यात गरी मुलुकको व्यापार घाटा घटाउन सकिने भएकाले ऊर्जा क्षेत्रको बजेट त्यस तर्फ केन्द्रित रहेको पनि मन्त्री खड्काले बताए । उनले भारत, बङ्गलादेश र चीनसम्म विधुत निर्यात गर्न आवश्यक प्रसारण संरचना निर्माण अघि बढाइएको उल्लेख गरे ।

भारतीय प्रसारण लाइनको उपयोग गरी बङ्गलादेशमा थप विधुत निर्यातको पहल भइरहेको उनको भनाइ छ ।

उनले सन २०३० भित्र लम्की बरेली र इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण संयुक्त कार्यक्रम स्थापना प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

त्यस्तै मन्त्री खड्काले उद्योगीहरूसँगको बक्यौता उठाउनका लागि प्रक्रियागत रूपमा अघि बढ्ने भन्दै भ्रम नराख्न आग्रह पनि गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै