नेभिगेशन
समाज

२०३० सम्म ९० प्रतिशत जनसङ्ख्यामा सुरक्षित खानेपानीको पहुँच पुराउने सरकारको योजना

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले सन् २०३० सम्म ९० प्रतिशत जनसङ्ख्यामा सुरक्षित खानेपानीको पहुँच पुराउने सरकारको योजना रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदैं मन्त्री यादवले उपलब्ध स्रोत साधनको प्रयोग गरी २०३० सम्म ९० प्रतिशत जनसङ्ख्यामा सुरक्षित खानेपानीको पहुँच पुराउने सरकारको योजना रहेको बताएका हुन् । 

CG

खानेपानीको क्षेत्रमा विनियोजित बजेटमा विभेद भएको भन्ने आरोप जायज नभएको भन्दै मन्त्री यादवले देशका सबै स्थानमा स्वच्छ खानेपानी उपलब्ध गराउने गरी मन्त्रालय अघि बढेको जिकिर गरे । 

सङ्घीयताको मर्म अनुसार तीनै तहको सरकारको समन्वयमा खानेपानी सहज रूपमा उपलब्ध गराउने उनले बताए । उनले सन्तोषजनक रूपमा खानेपानी वितरण गर्ने योजनामा अझै पनि रकम अभाव रहेको गुनासो गरे । 

त्यस्तै मन्त्री यादवले काठमाडौँ उपत्यकामा बाह्रै महिना खानेपानी उपलब्ध गराउन शिवपुरी निकुञ्जभित्र रहेको बागमती खोलाबाट पानी ल्याउन खोज्दा निकुञ्जले रोकेको बताए । खानेपानी मन्त्रालयलाई खानेपानीको पाइप राख्न नदिने निकुञ्जले निजी क्षेत्रलाई भने विना रोक तोक पाइप राख्न दिएको भन्दै उनले वन मन्त्रालयको ध्यानाकर्षण गराए ।

मन्त्री यादवले बजेटको सीमाभित्र रही मन्त्रालयले बहु वर्षीय ठेक्कामार्फत कार्यान्वयन भइरहेको आयोजनाहरूलाई पहिलो प्राथमिकतामा राखेर बजेट बाँडफाँड गरिएको दाबी गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...