नेभिगेशन
मुख्य समाचार

अहिले अर्थविनाको युवा–युवा भनेर उचाल्ने प्रवृत्ति छ, जहाँ पनि युवा मात्रै भनेर हुँदैनः प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही व्यक्ति युवा मात्र भएर सबै ठाउँका लागि योग्य नहुने बताएका छन् ।  क्षता, सीप र अनुभव समेत मकत्वपूर्ण भएको उनको भनाई छ । राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताए ।  

“अहिले अर्थविनाको युवा युवा भनेर उचाल्ने प्रवृत्ति छ । जहाँ पनि युवा मात्रै भनेर हुँदैन । कुन तहसम्म कसरी युवाले के गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । दक्षता, सीप र अनुभव आदि कुराहरु चाहिन्छ”, अध्यक्ष ओलीले भने, “कुनै पनि व्यक्तिभित्र घमण्ड पसेपछि ऊ बिग्रने बाटोमा जान्छ । हाम्रा युवाहरु दम्भी, घमण्डी हुने छैनन् । क्षमतावान विनयी र शालिन हुनेछन् । गुण्डा हुने छैनन्, बलवान हुनेछन् । कसैले गालामा पिट्न आएमा ओम शान्ति... भनेर चाँही बस्दैनन् । त्यसकारण युवा सङ्घले अन्याय सहँदैन र अन्याय गर्दैन भन्ने बुझाउन सक्नुपर्छ ।”
 
युवा सङ्घ जनताको स्वाभिमानको मजबुद किल्ला भएकाले यसलाई कसैले भत्काउन नसक्ने स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले युवा सङ्घ समग्र सामाजिक क्रियाकलाप, जागरण र देशभक्तिपूर्ण भावको नायक हो भने । 

प्रधानमन्त्री ओलीले युवाहरु  युवाहरुले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिए । 

“अहिले युवा सङ्घको काँधमा असाधारण जिम्मेवारी रहेको छ । आगामी स्थानीय तहको निर्वाचनसम्म यस कमिटीको नेतृत्व रहन्छ । सङ्घको नेतृत्वले आफ्नो कार्यकालका लागि सिङ्गो योजना बनाओस् । नयाँ इतिहास कायम राखोस् । असाधारण सक्रियताका साथ काम गरोस्”,   अध्यक्ष ओलीले भने, “यसले सामाजिक न्याय, राष्ट्रिय हित, रक्षा, सुशासन र वैज्ञानिक दृष्टिकोणजस्ता एमालेका नीतिप्रतिको प्रतिबद्ध सङ्गठनका रुपमा उभ्याओस् । वैचारिक हिसाबले स्पष्ट र साङ्गठनिक हिसाबले सुदृढ तथा आवश्यकता परेका बेला देश र पार्टीका पक्षमा जुझारुरुपमा आन्दोलन गर्न सक्ने योजना होस् । विपक्षीहरुले फैलाएका भ्रमपूर्ण प्रचारको खण्डन गरोस् । सही बाटोका पछि लागोस् । व्यक्तिका पछि होइन ।”

अध्यक्ष ओलीले सही ढङ्गले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरु असहिष्णु हुनु हुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरु विश्वमा युवाहरुले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आव्हान गरे । 

“युवाहरु सही बाटोमा अघि बढेमा देश सही बाटोमा अघि बढ्छ । युवाहरुलाई भ्रममा पार्न वा शिथिल पार्ने काम भएमा परिवर्तन र अग्रगमन सुुस्त गतिमा अगाडि बढ्न पुग्छ । युवाहरुलाई उद्यमशीलतातर्फ कसरी अगाडि बढाउने भन्नेमा हामी लाग्नुपर्छ”, उनले भने, “उही नेता कहिले कहिले आवश्यकताले दोहोरिन्छ । कहिले एक पटकमै उसको परीक्षणबाट असफल हुन्छ । हामीले पार्टीमा ठिक नेतृत्व नपाउँदा आन्दोलन रुमलियो । जनताको बहुदलीय जनवाद (जबज) पारित भएपछि पनि तत्काल सही नेतृत्व पाएनौँ । जब सही नेतृत्व पायौँ, त्यसपछि पार्टीलाई सुस्पष्ट र मजबुद बनाएर अघि बढ्यौँ ।”

आफूहरुलाई सिध्याउँछौँ भनेर प्रतिक्रियावादीहरु लागे पनि आफूहरु मजबुद हुन सक्नुमा सही विचार र सही नेतृत्व भएकाले पार्टी एकीकरण गरेर नेकपा बनाएको तर पार्टीमा विभाजन गराइएकाले फेरि पार्टीलाई जस्ताको तस्तै बनाएर अघि बढेको त्यो सामथ्र्य एमालेसँग भएको अध्यक्ष ओलीले स्पष्ट गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेशका मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

मधेशका मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

मुख्यमन्त्री यादवविरूद्ध कृष्णप्रसाद यादवसहित मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदनको आज प्रारम्भिक सुनुवाइ गरेको हो । अदालतले यही कात्तिक ३० गते दुवै पक्षलाई छलफलका लागि...
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

आयोगका अनुसार निरौलाले भारतको विहार संस्कृत शिक्षाबोर्ड, पटनाबाट जारी भएको माध्यमिक तहको परीक्षा उत्तीर्ण प्रमाणपत्र पेस गरी सो विद्यालयमा प्राथमिक तहको शिक्षिका पदका लागि नियुक्ति लिएका थिए ।...
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उनले भने, “जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो । जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य...
प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

तीस वर्षे सेवा पूरा गरी आजदेखि अनिवार्य अवकाशमा जान लागेका खापुङलाई गृह मन्त्रालयमा बिदाइ गर्दै गृहमन्त्रीले अवकाश जीवनपछि पनि उनको अनुभव राष्ट्रलाई खाँचो रहेको बताए ।  उनले भने,...