नेभिगेशन
समाज

बाल मन्दिर जग्गा हिनामिना प्रकरणः  तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । नेपाल बाल संगठनको नक्सालस्थित जग्गा हिनामिना प्रकरणमा तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो प्रकरणमा २०८१ वैशाखमा दर्ता भएको जाहेरीका आधारमा सीआईबीले अनुसन्धान गरी २०८२ बैसाख २४ गते १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। अनुसन्धानका अनुसार बालमन्दिरले बिना प्रतिस्पर्धा कौडीको भाउमा २९ रोपनी जग्गा बृहस्पति स्कुललाई भाडामा दिँदा ६० करोडभन्दा बढीको नोक्सानी पुगेको देखिएको थियो । 

Ncell
Extreme Energy

सो प्रकरणमा उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी तथा बाल संगठनकी पूर्वअध्यक्ष रीता सिंहसहित तत्कालीन पदाधिकारी र विद्यालय सञ्चालकसमेत प्रतिवादी बनाइएका थिए । मुद्दा दर्ता हुनेहरुमा नेपाल बाल संगठनकी तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, नेपाल बाल संगठनका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ, कृष्ण शंकर साह, श्याम कुमार आले, सुवास कुमार पोखरेल, प्रचण्ड राज प्रधान, राम काजी गुरुङ कोने, योगेन्द्र बहादुर शाही, दिपकदास श्रेष्ठ, प्रविण राज जोशी, मुरारी निधि तिवारी, पुरुषोत्तम राज जोशी, श्रद्धा संघाई रहेका थिए ।

त्यस्तै अन्य ३ जना भारतीय नागरिकविरुद्ध पनि मुद्दा चलाइएको थियो । जसमा भारत घर भएका बृहस्पति विद्यालय व्यवस्थापन प्रालिका संचालक अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्ति प्रसाद पाण्डेय रहेका थियो । 
उनीहरुविरुद्ध ठगीको आरोपमा ७ वर्षसम्म कैद, जरिवाना र बिगो असुल माग गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै