नेभिगेशन
मुख्य समाचार

बाल मन्दिर जग्गा हिनामिना प्रकरणः  तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । नेपाल बाल संगठनको नक्सालस्थित जग्गा हिनामिना प्रकरणमा तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

यो प्रकरणमा २०८१ वैशाखमा दर्ता भएको जाहेरीका आधारमा सीआईबीले अनुसन्धान गरी २०८२ बैसाख २४ गते १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। अनुसन्धानका अनुसार बालमन्दिरले बिना प्रतिस्पर्धा कौडीको भाउमा २९ रोपनी जग्गा बृहस्पति स्कुललाई भाडामा दिँदा ६० करोडभन्दा बढीको नोक्सानी पुगेको देखिएको थियो । 

Dish home
City Express

सो प्रकरणमा उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी तथा बाल संगठनकी पूर्वअध्यक्ष रीता सिंहसहित तत्कालीन पदाधिकारी र विद्यालय सञ्चालकसमेत प्रतिवादी बनाइएका थिए । मुद्दा दर्ता हुनेहरुमा नेपाल बाल संगठनकी तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, नेपाल बाल संगठनका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ, कृष्ण शंकर साह, श्याम कुमार आले, सुवास कुमार पोखरेल, प्रचण्ड राज प्रधान, राम काजी गुरुङ कोने, योगेन्द्र बहादुर शाही, दिपकदास श्रेष्ठ, प्रविण राज जोशी, मुरारी निधि तिवारी, पुरुषोत्तम राज जोशी, श्रद्धा संघाई रहेका थिए ।

त्यस्तै अन्य ३ जना भारतीय नागरिकविरुद्ध पनि मुद्दा चलाइएको थियो । जसमा भारत घर भएका बृहस्पति विद्यालय व्यवस्थापन प्रालिका संचालक अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्ति प्रसाद पाण्डेय रहेका थियो । 
उनीहरुविरुद्ध ठगीको आरोपमा ७ वर्षसम्म कैद, जरिवाना र बिगो असुल माग गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपाल प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा, ‘टाइगर’ कुकुर पुरस्कृत

नेपाल प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा, ‘टाइगर’ कुकुर पुरस्कृत

त्यसक्रममा केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा रामचन्द्र सत्यालले कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरको पूजा गरेका थिए ।
कञ्चनपुरमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

कञ्चनपुरमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार मृत्यु हुनेमा बेलौरी नगरपालिका–३ बुटावारीका ७० वर्षीय श्रीप्रसाद आचार्य रहेका छन् ।
स्नेहा केयरमा कुकुर तिहारको दिन(तस्बिरहरु)

स्नेहा केयरमा कुकुर तिहारको दिन(तस्बिरहरु)

सोमबार बिहानैदेखि देशभरका घर–आँगनमा कुकुरहरूलाई फूलको माला लगाइँदैछ, मिष्ठान्न खुवाइँदैछ र टीका लगाइँदैछ। सोमबारको दिन सबैजना कुकुरलाई सम्मान र प्रेमका साथ मनाउँदैछन् — सडकदेखि समाजिक सञ्जालसम्म “ह्याप्पी कुकर...
गाजामा इजरायली हवाई आक्रमणपछि पनि युद्धविराम यथावत्ः ट्रम्प

गाजामा इजरायली हवाई आक्रमणपछि पनि युद्धविराम यथावत्ः ट्रम्प

इजरायली सेनाले हमासमाथि युद्धविरामको उल्लङ्घन गर्दै आफ्ना सैनिकमाथि हमला गरेको आरोप लगाउँदै गाजाको दक्षिणी क्षेत्रमा दर्जनौं हवाई आक्रमण गरेको थियो ।