नेभिगेशन
मुख्य समाचार

आरोपितले नै आफैँलाई सुनपानी छर्किन बनाएको समिति रास्वपालाई मान्य छैनः मनिष झा

काठमाडौं । सरकारले भिजिट भिसाको विषय छानबिनका लागि बनाएको समितिलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वीकार नगर्ने जनाएको छ । आरोपितले नै आफैलाई सुनपानी छर्किन बनाएको समिति प्रपञ्च मात्रै भएकाले रास्वपाले यो समिति स्वीकार नगर्ने प्रवक्ता मनिष  झाले जानकारी दिए । 


उनले भने, 'आफैँ आरोपित गृहमन्त्रीले आफूमाथि छानबिन गर्न आफैँले समिति बनाउने कुरा आफैँलाई सुनपानी छर्किनका लागि गरिएको प्रपञ्च मात्र हो, रास्वपाले यो समिति स्वीकार गर्दैन।’

रास्वपाले सरकारले आन्दोलनरत पार्टीसँग छलफलनै नगरी एकतर्फी बनाएको समितिले गर्ने छानबिनको अर्थ नहुने जनाएको छ । साथै राजनीतिक नियुक्ति कुरेर बसेका व्यक्तिले  गर्ने छानबिन केवल मन्त्री र मन्त्रालय चोख्याउनका लागि मात्रै हुने रास्वपाले जनाएको छ । 

साथै उनले जुन जुन मन्त्रालयका अधिकारीहरुमाथि छानबिन हुनुपर्ने हो, तीनै मन्त्रालयका अधिकारीहरुलाइ सदस्य राखेर गरिने छानबिनको कुनै औचित्य नहरेको बताए ।

सरकारले बनाएको समिति अस्विकार गर्दै रास्वपाले आज पनि संसद अवरोध कायम राख्ने जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

जब उनले हालसम्म साहदत प्राप्त गरेका प्रहरी अधिकारीहरुबारे बोल्ने चेष्टा गरे उनको गला अवरुद्ध भयो । उनी अघि बढ्न सकेनन् ।
राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र...