नेभिगेशन
समाज

आरोपितले नै आफैँलाई सुनपानी छर्किन बनाएको समिति रास्वपालाई मान्य छैनः मनिष झा

काठमाडौं । सरकारले भिजिट भिसाको विषय छानबिनका लागि बनाएको समितिलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वीकार नगर्ने जनाएको छ । आरोपितले नै आफैलाई सुनपानी छर्किन बनाएको समिति प्रपञ्च मात्रै भएकाले रास्वपाले यो समिति स्वीकार नगर्ने प्रवक्ता मनिष  झाले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


उनले भने, 'आफैँ आरोपित गृहमन्त्रीले आफूमाथि छानबिन गर्न आफैँले समिति बनाउने कुरा आफैँलाई सुनपानी छर्किनका लागि गरिएको प्रपञ्च मात्र हो, रास्वपाले यो समिति स्वीकार गर्दैन।’

Ncell
Extreme Energy

रास्वपाले सरकारले आन्दोलनरत पार्टीसँग छलफलनै नगरी एकतर्फी बनाएको समितिले गर्ने छानबिनको अर्थ नहुने जनाएको छ । साथै राजनीतिक नियुक्ति कुरेर बसेका व्यक्तिले  गर्ने छानबिन केवल मन्त्री र मन्त्रालय चोख्याउनका लागि मात्रै हुने रास्वपाले जनाएको छ । 

साथै उनले जुन जुन मन्त्रालयका अधिकारीहरुमाथि छानबिन हुनुपर्ने हो, तीनै मन्त्रालयका अधिकारीहरुलाइ सदस्य राखेर गरिने छानबिनको कुनै औचित्य नहरेको बताए ।

सरकारले बनाएको समिति अस्विकार गर्दै रास्वपाले आज पनि संसद अवरोध कायम राख्ने जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...