नेभिगेशन
समाज

भिजिट भिसा प्रकरणः यस्ता छन् छानबिन समितिलाई दिइएको ९ बुँदे कार्यादेश

काठमाडौँ । सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्च स्तरीय समिति गठन गरेको छ । संसदमा उठेका सबै विषयको सम्मान गर्दै समिति गठन भएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । समितिले अध्धयगमनमा देखिएका सम्पूर्ण समस्याको समाधान हुनेगरी पेश गर्ने लेखकले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको थियो । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् ।

Ncell
Extreme Energy

समितिलाई यस प्रकारको कार्यादेश दिइएको छ ।

१. अध्यागमन व्यवस्थापन, भिजिट भिसा लगयात सबै प्रयोजनका लागि विदेश जाने आउने व्यक्तिहरुको यात्रालाई सहजीकरण सम्बन्धमा अध्ययन, विश्लेषण, तथा तथ्यगत छानबिन गरी देखिने समस्या समाधान गर्न नीतिगत कानुनी एवं संरचनागत सुधारको तत्कालिन र दिर्घकालिन कार्ययोजना प्रस्तुत गर्ने

२. अध्यागमन व्यवस्थापन, भिजिट भिसा लगायत सबै प्रयोजनका लागि विदेश जाने नेपाल भित्रिने व्यक्तिहरुको यात्रालाई सहजीकरण गर्न प्रचलित ऐन, नियमावली, कार्याविधि मापदण्ड लगायत नीतिगत र कानुनी व्यवस्थामा संसोधन वा पुनराबलोकन आवश्यक भए सो को मस्यौदासहितको सुझाव पेस गर्ने

३. अध्यागमन व्यवस्थापनमा सुधारका लागि प्रस्ताव सहितको सुझाव पेस गर्ने

४. अध्यागमन व्यवस्थापन र नागरिकहरुको आवतजावतमा समस्या सिर्जना हुन नदिन सम्बद्ध निकायहरुबीचको समन्वय र सहकार्यमा गर्नुपर्ने सुधार एवं व्यवस्थाबारेमा सुझाव पेस गर्ने

५. अध्यागमन व्यवस्थापन नागरिक यात्रा व्यवस्थापन सम्बन्धमा अन्तराष्ट्रिय असल अभ्यासको अध्ययन गरी नेपालको परिवेश अनुरुप कार्यान्वयन गर्न सकिने सुभलाव पेस गर्ने

६. भिजिट भिसा, श्रम भिसा लगायतका अन्य प्रयोग गरी यात्रा गर्ने व्यक्तिहरु समस्यामा पर्ने तथा विदेशमा अवैध रुपमा बस्दा उत्पन्न हुने समस्याका सम्बन्धमा आवश्यक अध्ययन गरी सो को रोकथाम गर्न अपनाउन पर्ने उपयाहरुको सम्बन्धमा सुझाव पेस गर्ने

७. अध्यागमन प्रणलीलाई प्रविधिमैलत्री, सरल, सहज, छिटो, छरितो बनाई सेवा प्रवाह प्रभावकारी बनाउन आवश्यक सुझाव दिने 

८. विदेश आवत जावतसँग सम्बन्धित सरोकारवाला निकाय वा संस्थाहरुको भूमिका व्यवस्थित गर्न आवश्यक सुझाव पेश गर्ने 

९. अध्यामगनको आवतजावतको अभिलेखलाई सुरक्षित, दुरुस्त राख्न अपनाउनुपर्ने उपायका बारेमा सुझाव दिने  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेन सरकारको सय दिन : सुशासन र सेवा प्रवाहमा निर्मम,  यी हुन् सम्पन्न भएका ९९ काम

बालेन सरकारको सय दिन : सुशासन र सेवा प्रवाहमा निर्मम, यी हुन् सम्पन्न भएका ९९ काम

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको सय दिन पुग्न थालेको छ ।
आन्दोलनलाई निरन्तरता दिँदै सडकपेटीमा आश्रित दृष्टिविहीन (तस्बिरहरु)

आन्दोलनलाई निरन्तरता दिँदै सडकपेटीमा आश्रित दृष्टिविहीन (तस्बिरहरु)

प्रदर्शनमा सहभागीहरूले नगरप्रहरीबाट दमन हुने, दिनभर होल्डिङ सेन्टरमा राखिने तथा विशेषगरी महिलामाथि अभद्र व्यवहार हुने गरेको आरोप लगाएका छन्।
तोलामा ४ हजार ५ सयले घट्यो सुनको मूल्य

तोलामा ४ हजार ५ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु चार हजार ५०० ले गिरावट आएको  छ भने चाँदी रु २५ ले गिरावट आएको  छ ।
लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने छः सभामुख अर्याल

लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने छः सभामुख अर्याल

संसद दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सभामुख अर्यालले आगामी दिनमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गरि समृद्ध राष्ट्र बनाएर देश बाहिर रहेका लाखौ नागरिकलाई स्वदेशमा फर्किने...