नेभिगेशन
समाज

'अनुसन्धानकाे राडारमा रहेका शंकरदास बैरागीले भिजिट भिसाको कस्तो छानबिन गर्छन्?’ : डा. स्वर्णिम वाग्ले

बैरागी अहिलेका निगाहप्राप्प नेताहरुको स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ । उहाँले त्यो जिम्मेवारी लिनुहन्न भन्ने हाम्रो पार्टीको मत छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि सरकारले बनाएको समितिप्रति असहमति जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले रमेश लेखकले सरकारले बनाएको छानविन समितिका बारे जानकारी गराएपछि रास्वपा सांसदहरुले असहमति जनाउँदै संसद बैठक बहिष्कार गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा बोल्दै रास्वपा सांसद डा स्वर्णिम वाग्लेले आफ्नै मान्छेलाई चोख्याउन सरकारले आफ्नै मान्छे राखेर छानविन समिति बनाएको आरोप लगाए । उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको प्रत्यक्ष संलग्नता देखिएको अवस्थामा गृहमन्त्रीको प्रस्तावमा नै छानविन समिति बनाउने कुरा उचित नभएको बताए । त्यस्तै उनले अहिले समितिको नेतृत्व गर्ने भनिएका पूर्वमुख्यसचिव शंकरदास बैरागी सत्ताको स्वार्थको केन्द्रमा रहेको व्यक्ति भएको समेत आरोप लगाए । रास्वपाले संसदीय छानबिन समिति वा जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्व न्यायाधीशको अध्यक्षतामा छानबिन समिति बन्नुपर्ने अडान राखेको छ । 

Ncell
Extreme Energy

उनले भने,

भिजिट भिसा प्रकरणमा यो अलोकप्रिय सरकारले यस्तै काम गर्ला भन्ने पूर्वाभास थियो । बैठक चल्दा चल्दै हाम्रा पार्टीका प्रवक्ताले ट्वीट गर्दै शंकार दास किन ? तिर्थ भट्टराईकै अध्यक्षतामा सुनपानी छर्कने समिति बनाए भईहाल्यो नी भनेर भनेका थिए। गृहमन्त्रीको कुरा हामीले शालिनतापूर्वक सुन्यौँ । ब्यूरोक्याटिक सोलुसन गराउनुभयो । सहजीकरण गरिनेछ, सजिलो बनाईनेछ, उहाँले नियमित रुपमा गर्नैपर्ने कामहरु फेरि गर्छु भनेर प्रतिवद्धता जनाउनुभयो । यो समस्या गम्भीर कुशासन र राजनीतिक प्रकृतिको छ । यहाँ लुटको कुरा छ। संगठित भ्रष्टाचारको कुरा छ, मानव तस्करीको कुरा छ । शंकरदास बैरागीप्रति मेरो व्यक्तिगत आग्रह छैन । म राम्रोसँग  चिन्दछु उहाँलाई । तर विगत १० वर्षदेखि उहाँ स्थायी सत्ताको प्रिय पात्र हुनुहुन्छ । ४ वर्ष परराष्ट्र सचिव बन्नुभयो, ३ वर्ष मुख्य सचिव बन्नुभयो, रहस्मय ढंगले उहाँको बहिर्गमन हुन्छ मुख्य सचिवबाट राष्ट्रिय सुरक्षा सल्लाहकार बन्नुहुन्छ, त्यसपछि अर्को मुख्य सचिव आउनुहुन्छ र त्यो पिरियडमा अरबौँको टेलिकम माफियाद्वारा रचिएको घोटालाहरु भएका छन् । त्यसैले शंकरदास बैरागी अहिलेका निगाहप्राप्प नेताहरुको स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ । उहाँले त्यो जिम्मेवारी लिनुहन्न भन्ने हाम्रो पार्टीको मत छ । त्यसलै उहाँ स्वयं सक्षम निकायहरुको राडारमा हुनुहुन्छ । सक्षम निकायहरुको राडारमा भएको व्यक्तिले कस्तो छानबिन गर्ने ? यहाँ गृहमन्त्री स्वयं सन्देशको घेरामा हुनुहुन्छ कस्तो छानबिन गर्ने ? वयक्तिगत रुपमा गृहमन्त्रीसँग पनि आग्रह छैन, उहाँ दोषी नहुनुहोस् भन्ने कामना छ । तर परोक्ष संलग्नता उहाँको देखिइसकेको छ । प्रत्यक्ष संरक्षण देखिसक्या छ । गृहमन्त्रीले गर्वका साथ भन्नुभयो मेरै प्रस्तावमा यो कमिटि गठन गरेको भन्नु भयो । अब के आरोपीले नै आफैँ अनुसन्धान अधिकृत छान्दै जाने हो  ? त्यस्तो सिस्टममा गयौँ हामी ? त्यसैले यो गलत छ । हामी नयाँ हौा बेबकुफ होइनौँ भनेको त्यसैले हो । हामीले के भनेका छौँ भने संसदीय छानबिन समिति वा जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्व न्यायाधीशको अध्यक्षतामा छानबिन समिति बन्नुपर्छ भनेको कारण यही हो । ता की आफ्नो गोजीबाट मान्छे टिपेर ल्याउन नसकियोस् । उहाँको परोक्ष संलग्नता, प्रत्यक्ष संरक्षणको सम्बोधन कसरी हुन्छ ? तिर्थ भट्टराई त उहाँको मर्निङ वाक गर्ने पार्टनर हो अर्किड कोलोनीमा । ...

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।