नेभिगेशन
समाज

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षकाे बजेट पारित

काठमाडौं । संघीय संसद्‌को प्रतिनिधिसभाले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याइएको विनियोजन विधेयक २०८२ पारित गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार संसदमा पेस गरेको प्रस्ताव बहुमतले पारित भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो। बजेट पारित हुनु अघिसम्म मन्त्रालयगत विनियोजनमाथि व्यापक छलफल भएको थियो, जसमा उठेका प्रश्नहरूको जवाफ मन्त्रीहरूले दिएका थिए।

Ncell
Extreme Energy

बजेटसँगै विभिन्न सांसदहरूले पेश गरेका संशोधन प्रस्तावहरू पनि सभाले अस्वीकृत गरेको छ। तर, छलफलका क्रममा ऊर्जा मन्त्रालयअन्तर्गतको ‘टेक एण्ड पे’ र ‘विलासिता कर’ सम्बन्धी विषयमा उठेको आलोचनालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले उक्त व्यवस्था संशोधन गर्ने प्रतिवद्धता जनाएका छन्।

संसदमा बजेट पारित गर्ने निर्णय हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू भने संसदमा उपस्थित थिएनन् । उनीहरुले भिजिट भिसा प्रकरणलाई लिएर संसद बहिस्कार गरेका थिए । उनीहरुको आन्दोलनका बिच बजेट पारित भएको हो । उनीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिनको माग गर्दै जेठ १३ गतेदेखि संसदको कामकारबाही बहिष्कार गर्दै आएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा कुनै असमझदारी छैन’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपा सचेतक क्रान्तिशिखा धितालले भनिन् ‘जे हल्ला चलाइएको छ, त्यसमा कुनै सत्यता छैन।’
रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल

रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनाएको छ । प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको नेतृत्वमा कार्यदल बनाइएको हो ।
रास्वपा संसदीय दलको बैठकमा प्रधानमन्त्री बालेनसँगै पूर्वाधार र ऊर्जामन्त्री बाहेक सबै मन्त्री सहभागी (तस्बिरहरु)

रास्वपा संसदीय दलको बैठकमा प्रधानमन्त्री बालेनसँगै पूर्वाधार र ऊर्जामन्त्री बाहेक सबै मन्त्री सहभागी (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ ।
कर्णाली र सदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली र सदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन् ।

भर्खरै