नेभिगेशन
समाज

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षकाे बजेट पारित

काठमाडौं । संघीय संसद्‌को प्रतिनिधिसभाले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याइएको विनियोजन विधेयक २०८२ पारित गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार संसदमा पेस गरेको प्रस्ताव बहुमतले पारित भएको हो । 

सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो। बजेट पारित हुनु अघिसम्म मन्त्रालयगत विनियोजनमाथि व्यापक छलफल भएको थियो, जसमा उठेका प्रश्नहरूको जवाफ मन्त्रीहरूले दिएका थिए।

CG

बजेटसँगै विभिन्न सांसदहरूले पेश गरेका संशोधन प्रस्तावहरू पनि सभाले अस्वीकृत गरेको छ। तर, छलफलका क्रममा ऊर्जा मन्त्रालयअन्तर्गतको ‘टेक एण्ड पे’ र ‘विलासिता कर’ सम्बन्धी विषयमा उठेको आलोचनालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले उक्त व्यवस्था संशोधन गर्ने प्रतिवद्धता जनाएका छन्।

संसदमा बजेट पारित गर्ने निर्णय हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू भने संसदमा उपस्थित थिएनन् । उनीहरुले भिजिट भिसा प्रकरणलाई लिएर संसद बहिस्कार गरेका थिए । उनीहरुको आन्दोलनका बिच बजेट पारित भएको हो । उनीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिनको माग गर्दै जेठ १३ गतेदेखि संसदको कामकारबाही बहिष्कार गर्दै आएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...