नेभिगेशन
मुख्य समाचार

सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

चन्द्रपुर (रौतहट) । चन्द्रपुर नगरपालिका–१० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक राजकुमार राईका अनुसार गए राति चन्द्रपुर–१० बिनुवाटोलका दुई वर्षीय रन्जे साह र सोही गाउँकी दुई वर्षीया खुश्बु साहको डुबेर मृत्यु भएको हो । मङ्गलबार साँझ दुवै बालबालिका स्थानीय ह्दय पासवानको घरमा खेल्नेक्रममा ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेका थिए । दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

Dish Home
Global Ime Bank

यसैबीच रौतहट प्रहरीले मङ्गलबार नै ठूलो मात्रामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक रायले जानकारी दिए । गौरस्थित बिपीचोकबाट चन्द्रपुर–४ का २७ वर्षीय अजय विकलाई लागुऔषधसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको ना१ह ७८९३ नम्बरको इ–रिक्सामा लुकाइछिपाई ल्याउँदै गरेको फेनारगन ११० थान, डाइजापाम ४७ थान, बुप्रेनुफिन एक सय १० थान र कोरलेक्स ६३ थानसहित उनलाई पक्राउ गरिएको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले दिए नेपाल प्रहरीबाट राजीनामा

नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले दिए नेपाल प्रहरीबाट राजीनामा

नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट राजीनामा दिएका छन् । सन् २०१६ देखि नेपाल प्रहरी सेवामा प्रवेश गरेका ऐरीले गत बैशाखमा राजीनामा बुझाएका हुन् ।
पतञ्जलि जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री माधव नेपालको बयान सकियो,  थुनछेक बहस हुँदै

पतञ्जलि जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री माधव नेपालको बयान सकियो, थुनछेक बहस हुँदै

पतञ्जलि योगपीठसँग सम्बन्धित जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा बयान सकिएको छ।
दक्षिणपश्चिम चीनमा बाढीः दर्जनौँ गाउँ बगे, ८० हजारभन्दा बढी नागरिक विस्थापित

दक्षिणपश्चिम चीनमा बाढीः दर्जनौँ गाउँ बगे, ८० हजारभन्दा बढी नागरिक विस्थापित

दक्षिणपश्चिम चीनमा हालैका दिनहरूमा आएको भीषण बाढीका कारण ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार, गुइझोउ प्रान्तमा मात्र करिब ८०,९०० जनालाई सुरक्षित स्थानमा सारिएको छ...
पतञ्जली जग्गा प्रकरणमा माधव नेपालको बयान सुरु

पतञ्जली जग्गा प्रकरणमा माधव नेपालको बयान सुरु

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान सुरु भएको हो ।  बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ ।